ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मर्जर प्रक्रियापछि १६ ओटा बीमा कम्पनीका शेयरधनीको सम्पत्ति बन्धक

२०७९ सावन, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रवारसम्म १६ ओटा इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । 

ती कम्पनीहरुले मर्जरमाजान सहमतिपत्रमा हस्ताक्षर भएसँगै धितोपत्रको दोस्रो बजार नेप्सेमा शेयर कारोबार रोक्का भएको हो । १६ ओटा कम्पनीको शेयर कारोबार रोक्का हुँदा लगानीकर्ताको कुल २७ करोड ७५ लाख ८३हजार ७५९ कित्ता शेयर बन्धक भएको छ । मर्जर सहमति हुनुभन्दा अगाडिको शेयरमूल्यको आधारमा १६ ओटा कम्पनीको कुल रू. १ खर्ब ११ अर्ब बजार पूँजीकरण थियो ।

नियामक निकाय बीमा समितिले मर्जरबाटै पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरू मर्जरमा गएका हुन् । यसोत असार मसान्तसम्ममा  मर्जरको सहमतिपत्रमा हस्ताक्षर गर्दा कर छूटको सुविधा पाइने भएकाले पनि बीमा कम्पनीहरू मर्जरमा जुटेका हुन् ।

असार ३१ गते शुक्रवारसम्ममा कारोबार रोक्का हुने जीवन बीमा कम्पनीहरूमा प्रभु लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ,सूर्या लाइफ, ज्योति लाइफ, प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ रहेका छन् ।

त्यस्तै निर्जीवन बीमाहरूमा सिद्धार्थ, प्रिमियर, एभरेष्ट, हिमालयन जनरल, सानिमा जनरल, जनरल, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । ती कम्पनीहरूको शेयर कारोबार रोक्का हुँदा लगानीकर्ताहरू शेयर कारोबार गर्नबाट बञ्चित भएका छन् । 

यसरी लामो समयसम्म शेयर कारोबार रोक्का हुँदा लगानीकर्तालाई मार पर्ने देखिन्छ । यस विषयमा नियामक निकायले  केही सकारात्मक कदम चाल्नु पर्ने जानकार बताउँछन् । केही समय अगाडि मर्जरमा जाने कम्पनीको शेयर कारोबार नरोक्ने वा रोक्नै परेमा सीमित अवधिसम्म रोक्न सकिने कार्यविधि ल्याउन लागेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताएका थिए ।

लगानीकर्ता नवराज दाहालका अनुसार मर्जर र प्राप्तिको कारणले शेयर रोक्का राख्नु लगानीकर्तामाथि ठूलो अन्याय हो । यसलाई तत्काल हटाउनु पर्ने उनको माग छ । महीनौं शेयर रोक्का राख्नु आवश्यक नै पर्दैन शुरूको १ हप्ता बुक क्लोजको लागि अनि संयुक्त कारोबार हुने बेलामा १ हप्ता राखे पर्याप्त हुने दाहालको भनाइ छ ।

त्यस्तै अर्का लगानीकर्ता दिपक सिंह धामीले यसरी मर्जरका कारण लामो समय शेयर कारोबार रोक्का रहँदा धेरै मारमा परेको बताए । शेयर कारोबार रोक्का विषयमा नियामक निकायले बेलैमा छलफल गरी निचोड निकाल्नु पर्ने धामीको भनाइ छ । 

बीमा समितिले २०७८ चैत्रमा जीवन र निर्जीवन बीमा कम्पनीहरूलाई पूँजी बढाउन निर्देशन दिएको थियो । बीमा समितिको निर्देशनअनुसार २०७९ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले न्यूनतम रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउनु पर्नेछ ।

ती १६ कम्पनीमध्ये हिमालयन जनरल इन्स्योरेन्स कम्पनीलिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी  साउन १ गतेदेखि एकीकृत कारोबार शुरू गरेका छन् । दुई कम्पनी एक भई हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।

यी दुई कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने सम्झौता भएको थियो । मर्जर सम्झौता गरेको दुई महीनापछि यी कम्पनीहरूले एकीकृत कारोबार थालेका हुन् । शेयर कारोबार रोक्का रहेका १६ ओटा कम्पनीमध्ये सबैभन्दाबढी प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ७७ लाख ९६ हजार १५६ कित्ता शेयर रोकिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)