ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

११ महीनामा भित्रियो ४४ करोडको चुरा

२०७९ सावन, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar प्रतिक्षा कडेल

साउन २, काठमाडौं । गत आर्थिक वर्षको ११ महीनामा ४४ करोड रूपैयाँभन्दा बढीको चुरा भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८/७९ को ११ महीना (जेठ मसान्तसम्म)मा ४४ करोड ५८ लाखभन्दा बढिको चुरा आयात भएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २५ प्रतिशत बढी हो ।

आर्थिक वर्ष ०७७/७८ को सोही अवधिसम्ममा भने ३५ करोड ४८ लाखभन्दा बढीको चुरा आयात भएको थियो । नेपालले भारत, चीनलगायत देशबाट चुरा आयात गर्ने गरेको छ । 

साउन लागेसँगै शृंगार पसल भरिभराउ 

गत आइतवार काठमाडौं असनस्थित एक पसलमा शृंगार पसलमा सामान किन्दै गरेको अवस्थामा भेटिइन् २१ वर्षीय समता कँडेल । उनी विभिन्न प्रकारका चुरा छान्दै थिइन् । ‘साउनमा हरियो/पहेंलो चुरा लगाउने परम्परा छ । त्यही भएर चुरा किन्न आएकी आएकी हुँ,’ उनले सुनाइन् । आफूले हरेक वर्ष साउनमा हरियो/पहेंलो चुरा लगाउने गरेको उनले बताइन् । 

असनको अर्काे शृंगार पसलमा चुरालगायतका सामान किन्दै थिइन् ४५ वर्षीया कमला थापा । उनी व्यापारीलाई नयाँ डिजाइनका चुरा देखाउन आग्रह गर्दै थिइन् । उनले पनि हरियो चुरा किन्न पसलमा आएको बताइन् । 

उनीहरू मात्र होइनन्, साउन शुरु भएसँगै देशभरका शृंगार पसलमा चुरा, टीका लगायतका शृंगारका सामान किन्नेको भीड लाग्न थालेको छ । सामान किन्न आउनेमा युवतिदेखि पाका उमेरका महिलासम्म छन् ।

काठमाडौंको न्युरोडमा १७ वर्षदेखि चुराको व्यापार गर्दै आएका सलिम मोहम्मदले भने असार अन्तिम सातादेखि नै हरियो चुरा किन्न आउने बढेको बताउँछन् । ‘कोरोना महामारीपछि व्यापार घटेको थियो । यो वर्ष भने व्यापार राम्रो छ,’ उनी भन्छन् । उनी यो वर्ष चुरा किन्ने ग्राहक ६० प्रतिशतले बढेको बताउँछन् । कोरोना महामारीपछि लयमा फर्कन नसकेको व्यापार यो वर्ष फस्टाउनेमा आशावादी छन् उनी । 

उनले यस वर्षका लागि डेढ करोड रूपैयाँभन्दा बढीको हरियो र पहेंलो चुरा आयात गरेको बताए । 

मूल्य बढ्याे 

पछिल्लो समय चुराको मूल्य पनि बढेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष सामान्य हरियो चुराको मूल्य प्रतिदर्जन १० रूपैयाँले बढेको चुरा व्यापारी मोहम्मदले बताए । उनका अनुसार अघिल्लो वर्ष सामान्य हरियो चुराको मूल्य प्रतिदर्जन ३० रूपैयाँ थियो । अहिले बढेर प्रतिदर्जन ४० रूपैयाँ पुगेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)