ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमदत्तको आन्तरिक आय १ करोड ३६ लाखले घट्यो

२०७९ साउन, ११  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

कञ्चनपुर । गत आर्थिक वर्ष २०७८/७९ मा कञ्चनपुरको भीमदत्त नगरपालिकाको आन्तरिक आय १ करोड ३६ लाख रुपैयाँभन्दा बढी घटेको छ । पछिल्ला वर्षमा निरन्तर बढ्दै आएको नगरपालिकाको आन्तरिक आयमा गत आवमा कमी आएको हो ।

गत आर्थिक वर्षमा नगरपालिकाले २१ करोड ६३ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २३ करोड रुपैयाँ आन्तरिक आय संकलन गरेको थियो ।

नगरपालिकाका राजस्व तथा आर्थिक प्रशासन शाखा प्रमुख  विक्रम भण्डारीले गत आर्थिक वर्षमा विभिन्न ४१ ओटा शीर्षकमा उक्त राजस्व संकलन गरिएको जानकारी दिए । नगरपालिकाले भूमि तथा मालपोत कर ५३ लाख ३४ हजार, सम्पत्ति कर २९ लाख १८ हजार, प्रशासनिक सेवा शुल्क १८ लाख ८५ हजार र घर बहाल करमार्फत १ करोड ८८ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यसैगरी व्यक्ति घटना दर्ता दस्तुरबाट ११ लाख, व्यवसाय कर १ करोड ३० लाख ६० हजार, सिफारिस दस्तुर १ करोड २४ लाख २ हजार, रोयल्टी २ करोड ६७ लाख ३५ हजार र  मालपोत राजिष्ट्रसनमार्फत ६ करोड ६१ लाख १० हजार रुपैयाँ संकलन गरेको नगरपालिकाको तथ्यांक छ । साथै बहाल बिरौटी कर १ करोड १ लाख ६४ हजार, पूर्वाधार सेवाशुल्क ७० लाख ९२ हजार रुपैयाँ संकलन गरिएको नगरपालिकाको विवरण छ ।

संस्थागत आन्तरिक अनुदान १ करोड ६२ लाख, नक्सापासबाट ५३ लाख ८७ हजार, नाता प्रमाणितबाट १५ लाख, अन्य कर २८ लाख, पार्किङ शुल्क ५३ लाख ८७ हजार, अन्य राजस्व २५ लाख २१ हजार र अन्य सेवा शुल्क २९ लाख ६० हजार रुपैयाँ संकलन गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७२/७३ देखि राजस्व सुधार कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको थियो ।

राजस्व सुधार कार्ययोजना निर्माणपछि नगरपालिकाको आन्तरिक आयमा उल्लेख्य सुधार भएको छ । तर गत आर्थिक वर्षमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा कम राजस्व संकलन भएको छ । राजस्व शाखा प्रमुख भण्डारीले महाकाली नदी र केही खोलाहरूको ठेक्काबापतको रोयल्टी संकलन नभएकाले आन्तरिक आयमा कमी देखिएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)