ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तातोपानी र माथिल्लो मर्स्याङ्दी बनाउन ३६ अर्ब ७६ करोड चाहिने

२०७९ साउन, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

साउन १९, काठमाडौं । माथिल्लो मर्स्याङ्दी र तातोपानी जलविद्युत् आयोजना निर्माण गर्न कम्तीमा ३६ अर्ब  ७६ करोड रुपैयाँ लाग्ने देखिएको छ ।

माथिल्लो मर्स्याङ्दीको लागत ३३ अर्ब ३१ करोड अनुमान गरिएको छ । तातोपानीको लागत ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमानसहित वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) रिपोर्ट सार्वजनिक गरेको हो । माथिल्लो मर्स्याङ्दी गण्डकी प्रदेशको लमजुङ जिल्ला भएर बग्ने मर्स्याङ्दी नदीमा प्रस्तावित आयोजना हो । 

प्रस्तावक माथिल्लो मर्स्याङ्दी पावर कम्पनी प्रालिले विद्युत् विकास विभागबाट २०६५ साउन १५ मा सर्वेक्षण अनुमति लिई गरेको सम्भाव्यता अध्ययनले १३८ मेगावाट क्षमतामा उक्त आयोजना निर्माण गर्न सकिने निष्कर्ष निकालेकाले सोहीअनुरूप आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भइसकेको थियो ।

तर, अनुमतिपत्रमा उल्लेख भएअनुरूप सम्पूर्ण प्रक्रिया सम्पन्न गरी आयोजना शुरू गर्ने क्रममा प्रस्तावित आयोजनाको विद्युत्गृहभन्दा तल अर्को प्रस्तावित माथिल्लोमर्स्याङ्दी ए जलविद्युत् आयोजनाको बाँधक्षेत्रले प्रभाव पार्ने देखिएपछि माथिल्लो मर्स्याङ्दी पावरले विद्युत्गृहलाई पहिलेको आयोजनाको सीमाभन्दा करीब १.२ किलोमीटर माथि सार्ने निर्णय गरेको थियो । सोहीअनुरूप पुनः विस्तृत अध्ययन गर्दा १०२ मेगावाटमात्र विद्युत् निकाल्न सकिने देखिएको थियो । 

यस्तै, हनुमान हाइड्रोपावर प्रस्तावक रहेको १९ मेगावाटको तातोपानी जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत १८ करोड २० लाख रुपैयाँ अनुमान गरिएको छ । वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट नेपाल इन्भाइरोमेन्ट एन्ड डेभलप्मेन्ट कन्सल्ट्यान्ट प्रालिले तयार पारेको हो ।

यो आयोजना धादिङको दुर्गम क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिकाको वडा नम्बर ४ र ५ मा प्रस्ताव गरिएको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको डिस्चार्ज २.४९ घनमीटर हुने रिपोर्टमा उल्लेख छ । यसको वार्षिक ऊर्जा उत्पादन क्षमता १२५ गिगावाट छ । आयोजनाको नेट हेड ९३५ मीटर र ग्रस हेड ९८० मीटरको हुने वातावरणीय प्रभाव रिपोर्टमा छ ।

हेडवर्क्स, वेयर, डिसेन्डर बेसिन, हेडरेस पाइप, सर्ज ट्यांक, पेनस्टक पाइप, विद्युत्गृह, टेलरेस क्यानल तथा प्रसारण लाइन प्रस्तावित आयोजनाका मुख्य संरचना हुने रिपोर्टमा उल्लेख छ । यस आयोजनाको वेयर समुद्री सतहबाट २ हजार ९ सय ९५ मीटर उचाइमा रहनेछ भने टर्बाइन समुद्री सतहबाट २०६० मीटरको उचाइमा रहने रिपोर्टमा उल्लेख छ । 

हेडरेस पाइपको लम्बाइ ४९२१ मीटर र ब्यास १ दशमलव २ मीटर तथा पेनस्टक पाइपको लम्बाइ १८७८.९२ मीटर र व्यास करीब १.० मीटर रहेको यस आयोजनाको विद्युत्गृहबाट उत्पादित बिजुली आयोजनाको स्वीचयार्डबाट करीब १२ किलोमीटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणबाट प्रस्तावित बोरङ सबस्टेशनमा जोडिने रिपोर्टमा उल्लेख छ । यस आयोजनाको विद्युत्गृह तातोपानी खोला र हिन्दुङ खोलाको संगमबाट करीब ४ किलोमीटर माथिल्लो तटीय क्षेत्रमा प्रस्ताव गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)