ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सबैको लघुवित्तको नाफा करिब १३ प्रतिशत घट्यो 

२०७९ साउन, २२  
शेयर / बैङ्किङ गतिविधि बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन २२, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षको तुलनामा १२ दशमलव ७४ प्रतिशत कम खुद नाफा गरेको छ ।

अघिल्लो वर्ष रू. ११ करोड ४३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. ९ करोड ९७ लाखभन्दा बढी खुद नाफा गरेको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा भने ११ दशमलव ६५ प्रतिशत कम रू. १३ करोड ३७ लाखभन्दा बढी भएको छ । 


३१ दशमलव शून्य ५ प्रतिशत शून्य ५ प्रतिशत बोनस शेयर वितरण गरी रू. २७ करोड चुक्तापूँजी कायम गरेको कम्पनीको जगेडा कोष रकम २२ दशमलव ७१ प्रतिशत बढेर रू. १५ करोड ७० लाख पुगेको छ ।

२२ दशमलव ३० प्रतिशत बढी रू. २ अर्ब ९४ करोड कर्जा सापटी लिएको कम्पनीले २७ प्रतिशत बढी रू. ४ अर्ब ३६ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २ दशमलव २५ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ६९ प्रतिशत कायम भएको छ ।

वार्षिक प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ९५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५८ दशमलव १७ रहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)