ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सयपत्री हाइड्रोपावरको आईपीओ प्रि–अलोटमेन्ट सकियो, मंगलवार अन्तिम बाँडफाँटको तयारी 

२०७९ साउन, २२  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १३ गतेदेखि १७ गतेसम्म सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओको प्रि–अलोटमेन्ट सम्पन्न भएको छ ।

आईतवार विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओको प्रि–अलोटमेन्ट सम्पन्न भएको हो । प्रि–अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि आईतवारनै विवरण पेश गरेको जानकारी विक्री प्रबन्धकले दिएको छ । बोर्डको स्वीकृति प्राप्त भए मंगलवार विहान आईपीओको अन्तिम बाँडफाँट हुने भनाई समेत विक्री प्रबन्धकको छ ।

कम्पनीले सर्वसाधारणमा कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ । यी वाहेक बाँकी ६ लाख ७० हजार ५८६ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो । 

कम्पनीको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म १५ लाख २३ हजार ७०३ जनाले आवेदन दिएका थिए । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयर खरीद माग भएको हो । २५ दशमलव ७१ गुणा बढी शेयर खरीद माग भएको यस कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

उक्त बाँडफाँटमा ६७ हजार ५८ जनाले पहिलो चरणमा १० कित्ताका दरले सेयर हात पार्नेछन् । गोलाप्रथाबाट पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गरी बाकी रहेको ६ कित्ता शेयर भने ६ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर हात पार्नेछन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)