ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय स्तरका विकास बैंकको नाफा औसतमा २५.९४ % बढ्यो, कसको कति ?

२०७९ साउन, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । राष्ट्रिय स्तरका आठ विकास बैंकको नाफा औसतमा २५ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । यी आठ कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । आठ कम्पनीले कुल रू. ६ अर्ब २७ करोड नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आवमा रू. ५ अर्ब २६ करोड थियो । 

यी आठ कम्पनीमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । यस कम्पनीले गत आवमा रू. १ अर्ब ३७ करोडभन्दा बढी नाफा कमाएको हो । यो नाफा अघिल्लो आवको तुलनामा १८ दशमलव ४७ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. १ अर्ब १५ करोड नाफा कमाएको थियो । त्यसैगरी दोस्रोमा गरिमा विकास बैंकले रू. १ अर्ब ५ करोड नाफा कमाएको छ ।  

प्रतिशतका आधारमा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा सबैभन्दा बढी लुम्बिनी विकास बैंकको नाफा ५५ दशमलव ६९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ४३ करोड ३९ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ६७ करोड ५६ लाख पुगेको हो ।  

आठ कम्पनीमध्ये सबैभन्दा बढी लाभांश क्षमता गरिमा विकास बैंकको रहेको छ । यस कम्पनीको लाभांश क्षमता १६ दशमलव ३८ प्रतिशत छ । यस कम्पनीले आव २०७७/७८ को नाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफालाई विभिन्न शीर्षकमा छुट्याए पछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्दछ । त्यसैगरी सबैभन्दा कम लाभांश क्षमता कामना सेवा विकास बैंकको ६ दशमलव ३२ प्रतिशत रहेको छ । 

कसको कति ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)