ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निक्षेप घटे पनि कर्जा बढाउँदै बैंकहरू 

नेपाल आयल निगमले तेल खरीदको रकम भुक्तानी गर्दा बैंकिङ प्रणालीबाट ठूलो रकम घटेको हो

२०७९ साउन, २४  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन २४, काठमाडौं । साउनको तेस्रो सातामा पनि बैंकहरूले निक्षेप घटेको छ ।

निक्षेपमा नकारात्मक प्रभाव परे पनि यस अवधिमा बैंकहरूले कर्जा लगानी भने थोरै बढाएका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को तेस्रो सातामा बैंकहरूको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ । पहिलो साता ६४ र दोस्रो साता २८ अर्ब रुपैयाँले घटेको बैंकहरूको निक्षेप साउन लागेपछि ९६ अर्ब रुपैयाँले घटिसकेको छ । 

असार मसान्तमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा साउन २० गतेसम्ममा ४४ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको छ ।  नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट साउन लागेपछि नेपाल आयल निगमले तेल खरीदको रकम भुक्तानी गर्दा बैंकिङ प्रणालीबाट ठूलो रकम घटेको बताउँछन् । यसैगरी असार मसान्तमा सरकारले गरेको भुक्तानी रकमको चेक सटही हुँदा पनि बैंकबाट निक्षेप घटेको हुनसक्ने उनले बताए । 

निक्षेप घटे पनि बैंकहरूले कर्जा प्रवाह भने वृद्धि गरेका छन् । साउन लागेपछि कर्जा प्र्रवाह घटाएका बैंकहरूले तेस्रो सातामा भने २ अर्ब रुपैयाँले विस्तार गरेका छन् । साउनको पहिलो साता १० अर्ब र दोस्रो साता १ अर्ब रुपैयाँले कर्जा घटेको थियो । साउन २० गतेसम्ममा बैंकहरूको कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँ छ । असार अन्तिमसम्ममा बैंकहरूको कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो ।

तरलता अभावका कारण पछिल्लो समय बैंकहरूले ऋण लगानीमा कडाइ गर्दै असुलीमा जोड दिइरहेका छन् । यसकारण बैंकहरूको कर्जा निक्षेप अनुपातमा समेत सुधार आएको छ । साउन २० गतेसम्ममा बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ८७ दशमलव ६९ प्रतिशत रहेको संघले जनाएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)