ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समितिको निर्णय लत्याउँदै नदी उत्खनन

२०७९ भदौ, ३  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले अवैध रूपमा खोलानाला उत्खनन गरिरहेको पाइएको छ । असारदेखि भदौसम्म खोला तथा नदीहरूमा उत्खनन गर्न रोक लगाइए पनि भीमदत्तले यसको पालना गरेको छैन ।

नगरपालिकाको स्रोतसाधन परिचालन समितिले असार, साउन र भदौमा खोला तथा नदी उत्खननमा रोक लगाउने निर्णय गरेको छ । तर नगरपालिकाले आफ्नै विषयगत समितिको निर्णय लत्याउँदै मनोमानी रूपमा उत्खनन गरिरहेको हो ।

समितिका सदस्य पदम चन्दले वर्षात् शुरू भएसँगै तीन महीना खोलाबाट निर्माण सामग्री झिक्न रोक लगाउने निर्णय गरेको बताए । बाढीले डुबानमा परेका क्षेत्रका लागि बाहेक अन्य प्रयोजनका लागि निर्माण सामग्री निकाल्न नपाउने निर्णय समितिले गरेको उनको भनाइ छ । नगरपालिकाका एक कार्यपालिका सदस्यले नगरपालिकाले नियमित रूपमा निर्माण सामग्री उत्खनन गरिरहेको बताए ।

उनका अनुसार नगरपालिकाले खन्या खोला, रौटेला खोला, ब्रह्मदेव क्षेत्र लगायतबाट निर्माण सामग्री निकालिरहेको छ । ‘नगरपालिकाको विषयगत समितिले उत्खननमा रोक लगाए पनि निर्माण सामग्री संकलन भइरहेको छ,’ ती सदस्यले भने ‘वडाहरूमा आलोपालो गरी ग्राभेल हाल्ने काम भइरहेको छ ।’

नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले ठूला खाल्डा भएका केही सडकका लागि मात्र खोलाबाट ग्राभेल ल्याइएको बताए । ‘नियमित रूपमा ग्राभेल उठाउने काम अहिले बन्द छ, अत्यावश्यक भएको ठाउँका लागि मात्र जिसस र प्रशासनसँगको समन्वयमा उत्खनन गरिएको छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)