ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशकौंपछि फेरि फेसनमा आए यी आधा दर्जन गरगहना, जो सस्तो पनि छन्, सरल पनि छन्

यस्ता गहनाहरू अर्डर गर्न आउने दिदी बहिनीहरूसँग टिकटक वा फेसबुकबाट लिएको स्क्रिन सट हुन्छ । त्यही स्क्रिन सट देखाएर मलाई यस्तै गहना चाहियो भन्ने युवतिहरूको संख्या झन ठूलो छ । उनीहरू टिकटक हेरेर अर्डर गर्छन् र फेरि टिकटिकमै प्रदर्शन गर्छन् ।

२०७९ भदौ, १०  
बजार समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

भदौ १०, काठमाडौं। हिन्दु नारीहरूको महान चाड तिज नजिकिँदै गर्दा सुन पसलहरूमा गरगहना किन्नेहरूको भीडभाड देखिन थालेको छ । 

काठमाडौंका मुख्य बजार असन, इन्द्रचोक, न्यूरोड, कलंकी, कालिमाटी, बानेश्वर लगायतका क्षेत्रमा सञ्चालित सुनपसलहरूमा यतिबेला महिलाहरू नयाँ नयाँ डिजाईनका गहना खोज्दै पुगिरहेका छन् । तर यतिबेला गहना खोज्न जाने महिला दिदी बहिनीहरूले नयाँ होइन पुराना डिजाइनका गहना खोजीरहेका छन् ।
कुनै समय गहना भनेकै तिलहरी र नौगेडी मात्रै देखेका हजुरआमाहरू अहिले तिनै गहना नातीनी पुस्ताले लगाएको देख्दा दंग परिरहेका छन् । यसो त प्राय महिलाले तिज, दशैं जस्ता चाडमा गरगहना खरीद गर्न रुचाउँछन् ।
न्यूरोडको एक ज्वेलर्समा भेटिएकी धादिङकी प्रभा थापाले तीजकै लागि भनेर रानीहार खरीद गरिन् ।अरुले लगाएको देख्दा आफूलाई पनि रानीहार लगाउने रहर भएपनि त्यो रहर बल्ल पूरा भएको उनले बताइन् । 'पहिले नै बनाउन मन थियो, तिजमा केही नयाँ डिजाईन आउँछकी भनेर कुरीरहेकी थिएँ, आज किने ।’ उनले भनिन् ।

फोटो सुनिल शर्मा/ आर्थिक अभियान दैनिक

यस्तै काठमाडौं बलाजुकी सावित्री थापा कालीमाटीका सुन पसलमा चोकर हार रोज्दै गरेकी भेटिइन् । उनले आफूले वर्षौंदेखि लगाइरहेको हारमाथि पैसा थपेर चोकर बनाउने निधो गरेकी थिइन् ।
'यो हार मेरो विहेको हो, अहिले धेरैनै पुरानो भइसक्यो, यसलाई मासेर नयाँ डिजाईनको चोकर बनाउन लागेकी हूँ । थोरै पैसा थप्दा नयाँ डिजाईन अनि राम्रो देखिन्छ भने कति पुरानो गहना लगाउने,' उनले अभियानसँग भनिन् ।
'मलाई त गरगहना नजोडी तिज आए जस्तै हुँदैन' बानेश्वरको एक सुन पसलमा भेटिएकी पूजा श्रेष्ठ भन्छिन् 'गएको दुई वर्ष कोरोनाले खासै केही किन्न पाइएन, तर यस पटक भने नौगेडी किने।'

फोटो सुनिल शर्मा/ आर्थिक अभियान दैनिक

उनीहरुत एक प्रतिनीधी उपभोक्ता मात्रै हुन । अहिले सुनपसलमा भेटिने अधिकांस महिलाको रोजाइमा फेजआउट भइसकेका गहनाहरू परेको देखिन्छ । तिलहरी, नौगेडी, मंगलसुत्र लगायतका गहनाहरूमा सामान्य परिवर्तन गरेर उनीहरूले चाडवाडको लागि अर्डर गरिरहेका छन् ।
तिजलाई नै लक्षित गरी तयार पारिएका सुनका विभिन्न डिजाईनका गहना किन्नका लागि पुगेका महिलाले रानी हार, नौगेडी तिलहरी, चोकर, मङ्गलसुत्र, सानो हार जस्ता परमपरागत गहनामा बढी रुचि राख्ने गरेको व्यपारीहरूको अनुभव रहेको छ ।

विक्रीका लागि राखिएका गहना -फोटो सुनिल शर्मा/ आर्थिक अभियान दैनिक

अहिले तिजलाई भनेर कुनै नयाँ डिजाईन नआएको तर केही पहिलेइ आएको रानी हार, नौगेडी, तिलहरी, चोकर, मङ्गलसुत्र, सानो हार लगायतका परमपरागत गहना नै ग्राहकलाई मन परिरहेको रिद्धिशिद्दी ज्वेलर्सका स्टाफ राजन अधिकारीले बताए ।
पहिला पहिला महिलाहरू सुन किन्न चाडपर्व नै कुर्ने गरेको भए पनि आजकल नयाँ डिजाईन आए खरीद गरिहाल्ने गरेको उनले बताए।
'पछिल्लो समय मूल्य पनि बढी भएर होला अहिले त्यति धेरै विक्री छैन । पहिले पहिले चाडपर्वहरूमा निकै भीड हुन्थ्यो । अहिलेको भीड त सामान्य हो ।’ उनले भने ।
डिजाईन अनुसार गहना बनाउँदै आएका छौ । तर चाड पर्वलाई नै भनेर चाहिँ अहिले नयाँ डिजाइन आएका छैनन् । उनका अनुसार पुरानो गहना विक्री गर्ने ग्राहक र पुरानो सँग नयाँ डिजाईनका गहना साट्ने बढी आउने गरेको छन् ।

 

फोटो सुनिल शर्मा/ आर्थिक अभियान दैनिक

अधिकांश महिलाको रोजाईमा रानी हार
यो हार लगाउँदा ठूलो र राम्रो दाखिने भएकाले पनि रानि हारमा महिलाहरू आकर्षित भएको व्यापारीहरू बताउँछन् । कम्तीमा दुई तोला देखि पाँच तोला सम्मका विभिन्न डिजाईनमा बनेका सुनका हार बजारमा रहेका छन् । पछिल्लो ३/४ वर्षयता यो हार को माग एकदमै धेरै रहेको सुन व्यापारीहरु बताउँछन् ।

पहिला पहिला धनाढ्य परिवारका महिलाले मात्रै लगाउने यो हार अहिले सामान्य परिवारका महिलाले पनि लगाउने गरेको पाइन्छ । सानो तौलमा बनाउँदा एक डेढ तोलामा पनि बनाउन मिल्ने भएकाले धेरैको पहुँचमा रानी हार पुगेको छ ।

पूरानो लगाउँदा भद्दा देखिने, जति नै सफा गर्दा पनि फोहोर देखिने, अझ धेरै वर्ष पूरानो सुन विस्तारै खुईलिने भएकाले पुरानो गहना फिर्ता गरी नयाँ डिजाईनमा नौगेडी, तिलहरी र चोकर बनाउने महिलाको संख्या बढेको व्यवसायीहरू बताउँछन् ।

फोटो सुनिल शर्मा/ आर्थिक अभियान दैनिक

टिकटक हेरेर अर्डर, टिकटकमै प्रदर्शन
हिजोआज परम्परागत गरगहनालाई नै नयाँ र सरल डिजाइनमा ढालेर लगाउने धेरैको चाहना हुने गरेको कालीमाटी सुन पसलमा कार्यरत बविन पाठकले बताए । उनका अनुसार अहिले आफैले सामाजिक सञ्जाल टिकटक, फेसबुक, यूट्युब लगायतमा हेरेर यस्तो डिजाईन बनाइदिनु भन्दै आउने युवतिहरू पनि बढेको उनको अनुभव छ ।
पछिल्लो समय महिलामा मात्रै होइन युवतिहरूमा पनि सुनको मोह उत्तिकै छ । युवतिहरुलाई सुहाउने टप, सिक्री औंठीको डिजाइनहरू बजारमा प्रसस्तै छन् । पश्चिमा शैलीमा विभिन्न स्टोन रुबी, डाइमण्ड इमराल्ड जस्ता धातुका गहना समेत बढी रुचाउने गरेको उनको भनाइ छ ।
यस्ता खालको गहना कुर्ता सुरुवाल, साडी,  टी-सर्ट, पाइन्ट गाउन जस्ता पहिरनमा पनि लगाउन सकिन्छ । चाड पर्वमा भने धेरै जस्तो महिलाहरूले नयाँ डिजाईनको गरगहना अर्डर गर्ने गरेका छन्। 

फोटो सुनिल शर्मा/ आर्थिक अभियान दैनिक

 

गहना बनाउँदै एक कालिगढ -फोटो सुनिल शर्मा/ आर्थिक अभियान दैनिक

तिलहरीमा सजिएकी एक महिला - फोटो सुनिल शर्मा/ आर्थिक अभियान दैनिक

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)