ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पीबी रेसियो कति हुनु राम्रो ? वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम नेपाल बैंककाे, धेरै नबिलकाे

२०७९ असोज, ९  
लगानी समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शेयर कारोबार हुने १९ ओटा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम प्राइस टु बुक भ्यालु (पीबी) रेसियो नेपाल बैंककाे छ । उसको पीबी रेसियो १ दशमलव शून्य ७ गुणा छ । यस आधारमा वाणिज्य बैंकहरूमध्ये नेपाल बैंकको शेयर खरिदमा कम जोखिम मानिन्छ । पीबी रेसियाे कम भएकाे कम्पनीकाे शेयर खरिद गर्दा जाेखिम कम हुने जानकारहरू बताउँछन् । 

सबैभन्दा कम पीबी रेसियो हुने सूचीको दोस्रोमा सनराइज बैंक छ, उसको पीबी रेशियो १ दशमलव १७ गुणा छ । सबैभन्दा बढी पीबी रेसियो भने नबिल बैंक छ, उसको पीबी रेसियो ३ दशमलव २९ गुणा छ । वाणिज्य बैंकहरूकाे पीबी रेसियो औसतमा १ दशमलव ६५ गुणा रहेको छ ।

नेप्सेका अनुसार पीबी रेसियो ५ गुणासम्म हुनु सुरक्षित मानिन्छ ।

के हो पीबी रेसियो ?

कम्पनीको आधारभूत पक्षको एक सूचक रहेको पीबी रेसियो शेयरको बजार मूल्य र प्रतिशेयर नेटवर्थ (किताबी मूल्य) बीचको अनुपात हो । यो अनुपात हालको बजार मूल्यलाई प्रतिशेयर नेटवर्थले भाग गरेर निकालिन्छ । कम्पनीको आधारभूत र प्राविधिक पक्षले कम्पनीको आर्थिक अवस्थाबारे जानकारी दिन्छ ।  

के हो प्रतिशेयर नेटवर्थ ?

कम्पनीको बजार मूल्य सामान्यतया प्रतिशेयर नेटवर्थभन्दा बढी हुने गर्दछ । कम्पनीको खुद सम्पत्तिमा कम्पनीले तिर्नुपर्ने दायित्व घटाएपछि आउने अनुपातलाई प्रतिशेयर नेटवर्थ भनिन्छ । यदि कम्पनी डुब्ने अवस्था आएमा उसले आफ्ना लगानीकर्तालाई प्रतिशेयर नेटवर्थको आधारमा लगानी फिर्ता गर्ने गर्छ ।

यस्ताे छ बैंकहरूकाे शेयर मूल्य, प्रतिशेयर नेटवर्थ र पीबी रेसियाे 


स्रोत : नेप्से र कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)