ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण दशैं, अर्बौंको कारोबारले चम्काउँछ अर्थतन्त्र

२०७९ असोज, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । दशैं राम्रो लगाउने, मिठो खाने र घुमफिर गर्ने पर्वको रूपमा रहेको छ । खुशीको पर्व दशैंले अर्थतन्त्रलाई पनि चलायमान बनाउने गरेको छ । मूलत: हिन्दू धर्मावलम्बीहरूको पर्व भए पनि सांस्कृतिक एकताको पर्वको रूपमा रहेको दशैंले हालको बजार अर्थतन्त्रलाई प्रचुर योगदान दिँदै आएको छ । नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैंको सामाजिक र सांस्कृतिक मात्र होइन आर्थिक महत्त्व पनि उत्तिकै छ ।

पहिलापहिला दशैं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो । दशैंमा मरमसला, थान कपडा, टुकी बाल्ने मट्टीतेल किन्नमै धेरैको ध्यान जान्थ्यो । अलि हुनेखानेले फुर्मासी गर्नु बेग्लै कुरा, नभए नगदमा आधारित अर्थतन्त्रको उदय नहुन्जेल दशैंलाई आवश्यक अधिकांश मालसामान आफै उत्पादन गरेर जोहो गरिन्थ्यो । त्यसबेलाका आवश्यकता पनि अहिलेजस्तो असीमित थिएन, सीमित मात्र हुन्थ्यो । आवश्यकता परे पनि न किनमेल गर्ने बजार हुन्थ्यो, न खल्तीमा पैसा । भकारीबाट धान झिकेर चिउरा कुट्ने मेलोमेसो, मरमसलाको तयारी, थान कपडा किनेर सिलाउने प्रबन्ध, कमेरोले घर लिपपोत र बोका–खसी वा मासुको तारतम्य मिलाएपछि दशैंको तयारी सकिन्थ्यो ।

दशैं खुशीको पर्व हो । आम सर्वसाधारणदेखि कर्मचारीसम्मको मुहारमा दशैंले खुशी ल्याउँछ । निजीक्षेत्रका संघसंस्था जस्तै, बैंक तथा वित्तीय संस्थामा कर्मचारी एवं अन्यले पनि दशैं खर्चबापत राम्रै रकम पाउने हुनाले पनि यो खर्च हुने समय हो ।

फेरिएको दशैं

अहिले दशैं मनाउने तरीका फेरिएको छ । अरू बेला समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडा सहितका सामान किनमेल गर्ने गर्दछन् । लत्ताकपडादेखि गरगहना, मोटरगाडीदेखि टीभी, फ्रिज र वासिङ मेशिन जस्ता विद्युतीय उपकरण, भाँडाकुँडा र मरमसलादेखि माछामासु र फलफूलको किनबेच यही बेला बढ्ने गर्छ । राजधानी काठमाडौंमा दशैंताका न्यूरोडका पसल, असन र इन्द्रचोकका गल्ली, भृकुटीमण्डपका छाप्रे बजार वा झिलिमिली सुपर स्टोर्स सबैतिर किनमेल गर्नेको थामिनसक्नु भीड हुन्छ । छूट र उपहारका अनेकौं अफरले खरीदकर्तामा उत्साह थप्छ ।

मौसम परिवर्तन हुने बेला अर्थात जाडो शुरू हुन लागेको यो समयमा न्याना कपडाको विक्री हुने गर्छ । व्यवसायीका अनुसार दशैंमा करीब १० अर्ब रुपैयाँबराबरको लत्ताकपडा किनबेच हुन्छ । त्यसबाहेक माछामासु एवं पेय पदार्थमा उल्लेख्य खर्च हुने व्यवसायीको भनाइ छ । दशैंमा खाद्य वस्तुको पनि करोडौंको कारोबार हुन्छ । राजधानीमा मात्र हरेक वर्ष दशैंमा ३५/ ४० हजार खसीबोका खपत हुने तथ्यांक छ । यसरी वर्षमा एकपटक नयाँ लुगा सिलाउने, मज्जाले मासुभात खाने, रमाइलो गर्ने र नातागोतालाई न्यानो सत्कार प्रदान गर्ने चाड भएकाले पनि खर्च बढ्ने गरेको हो । त्यसैले दशैंले अर्थतन्त्रलाई पुनर्जीवन दिने अर्थविद्को भनाइ छ । 

करीब ५ लाख सरकारी कर्मचारीका लागि ४ अर्ब रुपैयाँभन्दा बढी रकम दशैं खर्चबापत दिइने गरेको अर्थ मन्त्रालयको तथ्यांक छ । स्थानीय तहको चुनाव सम्पन्न भएको तथा पुनस् प्रदेश र केन्द्रको चुनाव नजिकिएकाले गाउँलाई दशैंले झनै चलायमान बनाउने अर्थविद् केशव आचार्य बताउँछन् ।

खुशीको पर्व

दशैं खुशीको पर्व हो । आम सर्वसाधारणदेखि कर्मचारीसम्मको मुहारमा दशैंले खुशी ल्याउँछ । निजीक्षेत्रका संघसंस्था जस्तै, बैंक तथा वित्तीय संस्थामा कर्मचारी एवं अन्यले पनि दशैं खर्चबापत राम्रै रकम पाउने हुनाले पनि यो खर्च हुने समय हो । 

लत्ताकपडादेखि गरगहना, मोटरगाडीदेखि टीभी, फ्रिज र वासिङ मेशिन जस्ता विद्युतीय उपकरण, भाँडाकुँडा र मरमसलादेखि माछामासु र फलफूलको किनबेच यही बेला बढ्ने गर्छ ।

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष दशैंका लागि नयाँ नोट तथा सफा नोट बाँड्दै आएको छ । पछिल्ला वर्षहरूमा बजारमा चहलपहल बढ्ने प्रमुख कारण दशैंको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको श्रम तथा रोजगार विज्ञ गणेश गुरुङ बताउँछन् । ‘दशैं बिदाको अवसर पारेर परिवारसहित घुम्न जाने प्रचलन बढेकाले झनै अर्थतन्त्र चलायमान हुने गरेको छ,’ उनले भने । राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने दशैंका बेलामा मात्रै १५–२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिन्छ । यसबाहेक भारतमा काम गर्न गएका नेपालीले दशैं बिदामा खर्च बोकेर फर्कन्छन् । दशैं यातायात व्यवसायीका लागि कमाइको प्रमुख अवसर हो ।

अतिरिक्त आय र वर्षभरको आयबाट सञ्चित धन उपभोगका लागि खर्च गरिने दशैंअघिका दुईरतीन हप्ताको अवधिमा वर्षभरिको कुल राष्ट्रिय उपभोगको करीब २० प्रतिशत हुने अनुमान गरिन्छ ।

२०४६ सालपछिको आर्थिक उदारीकरणले मध्यवर्गीय तथा उच्च मध्यमवर्गीय परिवारको संख्या बढाउँदै लगेको छ । यस कारण पनि दशैंमा प्रत्येक वर्ष खर्च बढ्दै गएको पाइन्छ । त्यसमाथि रेमिट्यान्सका कारण उपभोगको संस्कृति बढेकाले दशैं मनाउने शैलीमा मात्र होइन, प्राय: सबैजसो चाड मनाउने शैली र खर्चको प्रवृत्तिमा आमूल परिवर्तन आएको छ । यसरी खर्च गर्ने शैलीमा आएको परिवर्तनले बजार अर्थतन्त्रलाई झन् चलायमान बनाएको छ । बजारमा करीब ५० अर्बको कारोबार हुने चाड भएकाले पनि दशैंको अर्थतन्त्र वास्तवमै बृहत् रहेको अर्थविद्हरूको भनाइ छ ।

व्यापारीका लागि कमाउने दशैं

सामान्य मानिसले खर्च गर्दा व्यापारीका लागि यो समय एक किसिमले वर्षभरिलाई पुग्ने गरी नाफा कमाउने समय बनिदिन्छ । छूट तथा विभिन्न आकर्षक योजनाका कारण यसबेला बजारमा रौनक बढ्ने व्यापारीको भनाइ छ । अर्थविद्को भनाइमा दशैं अर्थतन्त्रको मुख्य विशेषता शहरबाट गाउँमा आय वितरण हो । रोजगारी वा व्यवसाय गरेको शहर वा विदेशबाट दशैंका लागि घर फर्कनेहरूसँग गोजीमा पैसा र पैसा खर्च गर्ने फुर्सद हुने हुँदा गाउँको आर्थिक गतिविधि बढ्ने गरेको छ ।

सवारीसाधन जोड्ने अवसर

सवारीसाधन जोड्न दशैं उपयुक्त अवसर बन्ने गरेको छ । पहिले विलासी साधन मानिने चारपांग्रे तथा दुईपांग्रे सवारीसाधन अहिले आवश्यकता साधन बनिसकेका छन् । दशैंमा सवारीसाधन खरीद गर्दा विभिन्न छूट एवं सुविधा पाइने अपेक्षा उपभोक्ताको हुन्छ । सवारीसाधन उत्पादक एवं विक्रेता कम्पनीले पनि दशैं, तिहार लक्षित विभिन्न योजना र अफर सार्वजनिक गर्ने गरेका छन् । यसपालिको दशैंमा पनि त्यस्ता योजना प्रशस्त आएको देखिन्छ ।

अटो मोबाइल कम्पनीतर्फ हेर्ने हो भने रेनो गाडी किन्दा एक वर्षका लागि ‘फ्री पेट्रोल’ अफर रहेको छ । ‘चाडपर्वको शुभ शुरुआत, गरौं रेनोको साथ’ नारा सहित ल्याइएको योजनामा रेनोको कुनै पनि मोडेलको नयाँँ गाडी किन्ने ग्राहकले एक वर्षको लागि निस्शुल्क पेट्रोल र सडक कर छूट पाउनेछन् ।

त्यस्तै दुई वर्षका लागि निस्शुल्क सर्भिसिङका साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनसलगायत अफर पाउने कम्पनीको भनाइ छ । यस्तै फोर्स मोटर्समा नगद छूट र उपहारको व्यवस्था छ । दशैंका अवसरमा फोर्स मोटर्सले आकर्षक नगद छूटको व्यवस्था गरेको हो । गाडी खरीद गर्दा ग्राहकले आकर्षक नगद छूट, वासिङ मेशिन, स्मार्ट टीभी, स्मार्टफोन लगायतका उपहार पाउनेछन् । यो अफर छठसम्म रहने कम्पनीले जानकारी दिएको छ । 

अतिरिक्त आय र वर्षभरको आयबाट सञ्चित धन उपभोगका लागि खर्च गरिने दशैंअघिका दुई/ तीन हप्ताको अवधिमा वर्षभरिको कुल राष्ट्रिय उपभोगको २० प्रतिशत जति हुने अनुमान गरिन्छ । बजारमा करीब ५० अर्बको कारोबार हुने चाड भएकोले पनि दशैंको अर्थतन्त्र वास्तवमै बृहत् रहेको अर्थविद्हरूको भनाइ छ ।

यता, होन्डाको गाडी किन्दा २ लाख नगद छूट र एक तोला सुन जित्ने अवसर छ । होन्डाले ‘होन्डाको गाडी, सुनको चावी’ नारासहित ल्याएको अफरमा भाग्यशाली विजेताले बम्पर उपहारमा १ तोला सुन उपहार पाउनेछन् । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी हो । बम्पर विजेताको घोषणा हरेक महीना लक्की ड्रमार्फत गरिने कम्पनीले जानकारी दिएको छ । सिप्रदी अटो पार्ट्सको इटहरीस्थित आधिकारिक विक्रेता टाटा च्याम्पियन जोन सप्तकोशी सप्लायर्सले दशैं अफर ल्याएको छ ।

दशैंको अवसरमा कम्पनीले टाटा जेन्युइन पार्ट्स एवं टाटा जेन्युइन आयलमा विशेष छूटका साथ उक्त अफर ल्याएको हो । टाटा कमर्सियल गाडीका धनीले अझ बढी सुपथ मूल्यमा जेन्युइन पार्ट्स प्रयोग गरून् भन्ने उद्देश्यले अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । यो अफरमा ग्राहकले एक बट्टा टाटा जेन्युइन आयल खरीद गर्दा अर्को एक बट्टा आयल नि : शुल्क पाउनेछन् । 

हुन्डाईका गाडीमा बीमा र ५ लाख नगद छूटको अफर छ । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं, तिहारमा ५ लाखसम्म नगद छूटको योजना सार्वजनिक गरेको हो । हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजनाअन्तर्गत ग्राहकले पाँच लाख रुपैयाँसम्मको आकर्षक नगद छूटका साथै स्क्र्याच कार्डमार्फत थप १ लाख ५० हजार रुपैयाँसम्म नगद छूट पनि पाउनेछन् ।

अभियान दशैं विशेष लेख पुन: प्रकाशित गरिएको

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)