ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैंमा नयाँ नोटको सुरक्षा : प्रयोगकर्ता र नियामकले दिएनन् ध्यान

२०७९ असोज, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

कठमाडौं । बिजयादशमीमा दक्षिणाका रुपमा नयाँ नोट प्रयोग गर्ने चलन छ । सामान्यत: यो पुरानै प्रचलन पनि हो ।

जब दशैं आउने समय शुरु हुन्छ तब सवैको चासो नयाँ नोट खोज्नेतर्फ केन्द्रित हुन्छ । सर्वसाधारण बैंक तथा वित्तीय संस्थाका शाखाका साथै राष्ट्र बैंकका कार्यालयमा लामो लाइन बसेरै भए पनि नयाँ नोटका लागि तँछाडमडाड गरिरहेका हुन्छन् । 

नेपाल राष्ट्र बैंकले दशैंका लागि भनेर यस्ता नोट छाप्न वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ । तर, नयाँ नोटको सुरक्षामा भने नत प्रयोगकर्ताले नै ध्यान दिएको पाइन्छ नत नियामकले नै यसतर्फ चासो देखाएको देखिन्छ । राष्ट्र बैंकले सफा नोट नीति लागू गर्दै नोटमा केरमेट नगर्न, पानीमा नभिजाउन, स्टीच नगर्न, पूजा नगर्न सचेतनाका कार्यक्रम गर्दै आएको छ । नयाँ नोटमा केरमेट गरेमा तथा रंग अविर लगाएमा कारबाही गर्ने कानूनी व्यवस्था भए पनि नोटका प्रयोगकर्ता र नियामक उदासीन देखिन्छन् ।

नोटप्रतिको सांस्कृतिक विश्वास र प्रचलनमा परिवर्तन नआए पनि बजारमा भने ‘डिजिटल दक्षिणा’ को बहस शुरू भएको छ । राज्यले ठूलो रकम खर्चेर छपाइ गर्ने नोटको जथाभावी प्रयोगले यसको आयु घट्ने र यसबाट राज्यको अर्बौं सम्पत्ति खेर गइरहेको भन्दै पछिल्लो समय  ‘डिजिटल दक्षिणा’ को बहस भइरहको छ। 

नेपाल राष्ट्र बैंककोएक तथ्यांक अनुसार दशैंतिहारको समयमा एक ब्यक्तिले आफ्नो वाषिर्क खर्चको ४० प्रतिशत खर्च गर्ने गर्दछ। यो समयमा बजारमा नोटको प्रयोग अत्यधिक रुपमा हुने गर्दछ। त्यसमाथि दशैंमा टीका लगाउन मात्रै वर्षेनी २५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही हुने गरेको छ ।

१० अर्बका साना दरका अर्थात् पाँच रुपैयाँदेखि १०० सम्मका र ५०० तथा हजारका १५ अर्ब रुपैयाँ बराबरका नोट सटही हुने गरेको छ । एक ब्यक्तिले १८ हजार ५ सयसम्मका नयाँ नोट सटही सुविधा राष्ट्र बैंकले दिंदै आएको छ । तर यसरी सटही भएर बजारमा गएका एक तिहाई जति नोट तिहारसम्ममै फोहर भएर राष्ट्र बैंकमै फिर्ता हुने गरेको छ । 

नयाँ नोट छाप्न कति लाग्छ खर्च ?

अहिले चलनचल्तीमा रहेका नोट चीनमा  छापिएका हुन् । बजारमा रहेका यस्ता नोट छपाईमा राष्ट्र बैंकको प्रतिनोट १ रुपैयाँ ४० पैसादेखि ४ रुपैयाा ६८ पैसासम्म खर्च हुने गरेको छ । १० रुपैयाँको नोट सबैभन्दा कम अर्थात् १ रुपैयाँ ४० पैसामा र ५०० रुपैयाँको नोट सबैभन्दा बढी ४ रुपैयाँ ६८ पैसामा छापिन्छ ।

मुलुकी अपराध संहितामा नोटमा केरमेट गरेमा वा लेखेमा तीन महीनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरीवानाको व्यवस्था छ । तसर्थ रङ तथा अबिर ललगाएर  नयाँनोट झुत्रो र फोहोर हुने भएकाले राज्यको वर्षेनी हुने खर्च बचाउनु सबैको कर्तव्य पनि हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)