ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बर्नाङ्की, डायमन्ड र डिबबिगलाई 

२०७९ असोज, २४  
अन्तरराष्ट्रिय समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीहरुलाई दिइएको छ । 

सोमवार नोबेल पुरस्कार प्रदायक संस्था रोयल स्वीडिश एकेडेमी अफ साइन्सेज (आरएसएओएस) ले अमेरिकाको बु्रकिङ इन्ष्टिच्यूटका बेन एस. बर्नाङ्की, सिकागो विश्वविद्यालयका डगलास डब्ल्यू डायमन्ड र वाशिङट्न विश्वविद्यालयका फिलिप एच डिबबिगलाई सो पुरस्कार दिएको हो । 

बैंक तथा वित्तीय संकटबारे गरेको अनुसन्धानको लागि उनीहरुलाई सो पुरस्कार दिइएको छ । बैंकले अर्थतन्त्रमा खेलेको भूमिकाबारे हाम्रो बुझाइमा उल्लेख्य सुधार गर्न सघाएकोले पुरस्कार दिइएको समितिले बताएको छ । ‘बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको समस्याले मन्दी निम्तिएको हामीले पटक - पटक देख्दै आएका छौं । सन् १९३० को दशकको विश्वव्यापी महामन्दीको विश्लेषण गरेर सन् १९८३ मा लेखेको एउटा आलेखका लागि बर्नाङ्कीलाई पुरस्कार दिइएको हो’, समितिले भनेको छ ।

यी तीन जनाको योगदानले वित्तीय संकटको निरुपण र समाधानको तरिकालाई सुधारेको बताइएको छ । तीनै जनाको अनुसन्धान बैैंकलाई असफल हुन नदिनु किन महत्वपूर्ण छ भन्ने खोजमा केन्द्रीत छ । वित्तीय बजारको नियमन र वित्तीय संकटको अवस्थासँग ‘डिल’ गर्ने क्रममा बर्नाङ्की, डायमन्ड र डिबबिग विश्लेषणले व्यवहारिक महत्व उच्च रहेको पनि समितिले बताएको छ । अर्थतन्त्रलाई चलायमान राख्न बचतलाई लगानीमा बदल्नु पर्छ । तर बचतकर्ताहरुले अनपेक्षित अवस्थामा आफ्नो पैसामा तत्कालै पहुँच चाहन्छन् तर व्यवसाय र घर मालिकहरुले म्याद नै नआइकन कर्जा भुक्तानी गर्न उनीहरुलाई बाध्य पारिदैंन । आफ्नो सिद्धान्तमा डाइमन्ड र डिबबिगले बैंकले यो समस्याको कसरीले इष्टतम् समाधान दिन्छ भन्ने देखाएका छन् । 

बेन एस. बर्नाङ्की

सन् २००८ मा विश्वव्यापी वित्तीय संकट आउँदा बर्नाङ्की अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष थिए । उनले महामन्दीबारे गरेको अध्ययनका लागि सो पुरस्कार पाएका हुन् । उनले संकट गम्भीर र जटिल कसरी बन्छ भन्नेमा बैंकको सञ्चालनको तरिका निर्णायक हुन्छ भन्ने देखाएका थिए ।  अर्थशास्त्रीत्रयको अध्ययन र अन्तरदृष्टिले गम्भीर खालको संकट र महँगो वित्तीय उद्धार टार्ने क्षमाता सुधारेको समितिका अध्यक्ष तोरे इलिङसेनले एक विज्ञप्तिमा भनेका छन् । 

उनीहरुको अध्ययनमा समाजमा बैंक किन चाहिन्छ, तिनीहरुको प्रमुख कमजोरीहरु र यिनीहरु धराशयी हुँदा कसरी आर्थिक मन्दी आउँछ भन्ने खुलासा गरिएको छ । विजेताहरुले १ करोड स्वीडिश क्रोन पाउनेछन् । पुरस्कार राशी तीनै जनाबीच बराबरी बाडिनेछ । पुरस्कार राशीबाहेक तीनै जनाले १८ क्यारेट सुनको मेडल पनि पाउनेछन् । सन् २०२१ मा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डेभिड कार्ड अनि जोसेफ आंग्रिष्ट र गुइदो इम्बेनले पाएका थिए । 

सन् १९३० को दशकको विश्वव्यापी महामन्दीको विश्लेषण गरेर सन् १९८३ मा लेखेको एउटा लेखका लागि बर्नाङ्कीलाई पुरस्कार दिइएको हो । यी तीन जनाको योगदानले वित्तीय संकटको निरुपण र समाधानको तरिकालाई सुधारेको बताइएको छ । तीनै जनाको अनुसन्धान बैैंकलाई असफल हुन नदिनु किन महत्वपूर्ण छ भन्ने खोजमा केन्द्रीत छ । वित्तीय बजारको नियमन र वित्तीय संकटको अवस्थासँग ‘डिल’ गर्ने क्रममा बर्नाङ्की, डायमन्ड र डिबबिग विश्लेषणले व्यवहारिक महत्व उच्च रहेको पनि समितिले बताएको छ ।

अर्थतन्त्रलाई चलायमान राख्न बचतलाई लगानीमा बदल्नु पर्छ । तर बचतकर्ताहरुले अनपेक्षित अवस्थामा आफ्नो पैसामा तत्कालै पहुँच चाहन्छन् तर व्यवसाय र घर मालिकहरुले म्याद नै नआइकन कर्जा भुक्तानी गर्न उनीहरुलाई बाध्य पारिदैंन भन्ने कुरा बुझ्न जरुरी छ । आफ्नो सिद्धान्तमा डाइमन्ड र डिबबिगले बैंकले यो समस्याको कसरीले इष्टतम् समाधान दिन्छ भन्ने देखाएका छन् । 

यिनीहरुको अध्ययनले समाजमा बैंक किन चाहिन्छ, तिनीहरुको प्रमुख कमजोरीहरु र यिनीहरु धराशयी हुँदा कसरी आर्थिक मन्दी आउँछ भन्ने हाम्रो आधुनिक बुझाईको जग बसालेको छ । सन् २००८ मा विश्वव्यापी वित्तीय संकट आउँदा बर्नाङ्की अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष थिए । उनले महामन्दीबारे गरेको अध्ययनका लागि सो पुरस्कार पाएका हुन् । उनले संकट गम्भीर र जटिल कसरी बन्छ भन्नेमा बैंकको सञ्चालनको तरिका निर्णायक हुन्छ भन्ने देखाएका थिए ।

अहिलेको युगमा बैंक वा वित्तीय संस्थासँग कारोबार नगर्ने व्यक्ति बिरलै भेटिन्छ । बैंकसँग हामीहरुको कुनै न कुनै रुपमा सम्बन्ध छ । हामीले नियमित रुपमा कमाउने पैसा बैंकमै राख्छौं । बैंकलाई मोबाइल बैंकिङ एप वा बैंक कार्डको रुपमा भुक्तानीको माध्यमको रुपमा पनि प्रयोग गरिरहेका छौं । जीवनको कुनै काल खन्डमा घर बनाउन वा जग्गा किन्न वा यस्तै खालको अनेक प्रयोजनका लागि हामीले बैंकबाट ठूलो रकम ऋण पनि लिएका होलाउ । व्यवसायहरुले पनि आफ्नो आवश्यकता र अवस्था हेरेर बैंकसँग कारोबार गरिरहेका हुन्छन् ।

तर कहिलेकाँही सारा बैंकिङ प्रणाली वा यसको केही अंश धराशयी बन्छ अनि वित्तीय संकट आइपर्छ । बैंक धराशयी बनेपछि ऋण झनै महँगो बन्छ । कहिलेकाँही त ऋण पाउनै असम्भव भइदिन्छ । घरजग्गामात्रै होइन अन्य सम्पत्तिको भाउ ह्वात्तै घट्छ । यो प्रक्रियालाई तत्कालै रोकिएन भने सारा अर्थतन्त्र नै मन्दीको चक्रमा फस्छ । बेरोजगारी तीव्र दरमा उकालो लाग्न अनि व्यवसायहरु टाट पल्टिने वा बन्द हुने क्रम बढ्छ । इतिहासका कयौं आर्थिक मन्दीहरु वित्तीय संकटकै कारण निम्तिएका छन् । 
 

बैंकसम्बन्धी अहम् प्रश्नहरु 

बैंकहरु धराशयी हुँदा यति धेरै क्षति हुन्छन् भने बैंक बिनै काम चलाउन सकिन्न ? बैंकहरु किन यति धेरै अस्थीर छन् अनि किन ? समाजले बैंकिङ प्रणालीको स्थीरता कसरी सुधार्न सक्छ ? बैंकिङ संकटको प्रभाव दूरगामी किन हुन्छन् ? बैंक असफल भयो भने के हुन्छ ? तत्कालै नयाँ बैंक खोलेर अर्थतन्त्रलाई पुनः लयमा फर्काउन किन सकिन्न ? बर्नाङ्की, डायमन्ड र डिबबिगले सन् १९८०को दशकको शुरुमा तीन ओटा लेखमा बैंकिङ प्रणालीसम्बन्धी यस्ते प्रश्नहरुबारे आधुनिक अनुसन्धानको वैज्ञानिक जग बसालेका थिए ।

डायमन्ड र डिबबिगले बैंकहरु किन अस्तित्वमा छन्, समाजमा यिनीहरुको भूमिकाले धराशयी हुने हल्लाकै भरमा यिनीहरुलाई कमजोर बनाउँछ अनि समाजले यस्ता जोखिमहरु कसरी कम गर्न सक्छ भन्ने व्याख्या गर्न व्यवहारिक मोडेल विकास गरेका छन् ।

बर्नाङ्कीले भने तथ्यांकीय विश्लेषण र ऐतिहासिक अनुसन्धानको माध्यमबाट सन् १९३० को दशकको विश्वव्यापी महामन्दीमा असफल बैंकिङ प्रणालीको कसरी निर्णायक भूमिका छ भन्ने देखाएका छन् । उक्त महामन्दीलाई आधुनिक इतिहासको सबैभन्दा खराब आर्थिक मन्दी मानिन्छ । बैंकिङ प्रणाली धराशयी हुँदा निम्तने मन्दी सघन मात्रै हुन्न यसको असर पनि दूरगामी हुन्छ । 

बर्नाङ्कीले आफ्नो लेख प्रकाशित गर्नु अघि अमेरिकी केन्द्रीय बैंकले थप पैसा छापेको भए महामन्दी टार्न सकिन्थ्यो भन्ने सोच व्याप्त थियो । पैसाको अभावले मन्दीको अवस्थालाई मलजल गरेको हुन सक्ला भन्ने सोच बर्नाङ्कीमा थियो । तर उनले यो संयन्त्रले संकट किन त्यति गहिरो र असर लामो भयो भन्ने चाँहि व्याख्या गर्न नसकेको धारणा उनमा छ । महामन्दीको मुख्य कारण बचतलाई सृजनशील लगानीमा रुपान्तरण गर्ने बैंकिङ प्रणालीको क्षमतामा कमी भएको उनले देखाएका छन् ।

ऐतिहासिक स्रोत र तथ्यांकीय पद्दतिलाई मिलाएर उनले जीडीपी खस्किनुमा कुन तत्व महत्वपूर्ण छ भन्ने देखाएका छन् । महामन्दीको शुरुआत सन् १९२९ को सामान्य मन्दीसँगै भएको थियो । तीन वर्षमा बैंकको संख्या घटेर आधा भए । बैंकमा निक्षेप भएका मानिसहरुमाझ बैंक बाच्ला कि नबाच्ला भन्नेबारे चिन्ता चुलिन थाल्यो अनि उनीहरुले बैंकमा भएको आफ्नो बचत अत्तालिँदै झिक्न थालेपछि बैंकहरु बन्द हुँदै गए  । धेरै जनाले आफ्नो निक्षेप झिक्न थालेपछि बैंकसँग सबैलाई चुक्ता गर्न पैसा भएन अनि ठूलो घाटा खाएर आफ्नो सम्पत्ति धमाधम बेच्न थाले ।

यसका कारण अन्ततः बैंकहरु टाट पल्टिए । बैंकहरु कसरी बाँच्लान भन्ने भय बढ्दै जाँदा राम्रा बैंकमा समेत निक्षेप जम्मा हुन छाडे, कयौं बैंकले नयाँ कर्जा प्रवाह बन्द गरे । निक्षेपकर्ताहरुको पैसा खर्चेर अन्य सम्पत्ति जोडेका बैंकहरुले ती सम्पत्ति नै बेचेर निक्षेप फिर्ता गर्नुपर्ने अवस्था आयो । बैंकबाट कर्जा नपाएपछि व्यवसायमा लगानी अभाव भयो, किसान र सामान्य घरपरिवारलाई समेत वित्तीय कठिनाई हुन थाल्यो । अनि यसको प्रभाव सबैतिर पोखिदैं गएर विश्वव्यापी महामन्दी निम्तियो ।  एजेन्सीहरुको सहयोगमा 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)