ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७ ओटा कालोपत्र धावनमार्ग उपयोगविहीन : ३३ ओटा मात्र सञ्चालनमा

२०७९ असोज, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र गर्दै मजदूरहरु /फाइल फोटो
author avatar हिमा वि.क.

काठमाडौं । अन्तरराष्ट्रियसमेत गरी अहिले देशभर ५२ ओटा विमानस्थल छन् । तर, सबैमा जहाज पुग्दैनन् ।

कालोपत्र धावनमार्ग भएकै ७ विमानस्थल उपयोगमा छैनन् । ती विमानस्थलमा जहाज अवतरणरउडान गर्न सकिने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । कालोपत्र धावनमार्ग नभएको समेत जोड्दा १९ विमानस्थल उपयोगविहीन छन् ।

५२ विमानस्थलमध्ये हाल ३३ ओटा मात्र सञ्चालनमा छन् । दुर्गममा जाने जहाज नै नभएपछि ती विमानस्थल सञ्चालन नभएको निरौलाको भनाइ छ । ‘दुर्गममा चल्ने जहाज भएनन् । अनि पहिला जुन उद्देश्यले विमानस्थल सञ्चालनमा ल्याइयो त्यसको विकल्प निस्कियो,’ निरौलाले भने, ‘विगतमा सडक  थिएन । ढुवानी र कतिपय अवस्थामा बिरामीको उद्दार विमान र हेलिकोप्टरबाट गर्नुपर्ने अवस्था थियो ।’

ऊबेला दुर्गममा नुन, खाद्यान्न र औषधि उपचार प्रयोजनका लागि विमानस्थल बनेका थिए । छिटो यातायातको एक्लो विकल्प उडान भएका बेला बनेका विमानस्थल सडक विस्तारसँगै प्रयोग हुन छाडेका हुन् । बाग्लुङ, जिरी, डोल्पालगायत जिल्लामा ढुवानीकै लागि भनेर पहिला विमानस्थल बनाइएको उनी बताउँछन् । दुर्गममा चल्ने जहाज कम भएकाले पनि विमानस्थलहरू उपयोग हुन नसकेको प्राधिकरणको भनाइ छ ।

सडकको तुलनामा हवाई यात्रा महँगो हुने र सडक सञ्जाल विस्तार हुँदै गएकाले आम मानिसको रोजाइ सडक बन्न थालेको छ । फलस्वरूप दुर्गमका विमानस्थल प्रयोगमा नआएका हुन् । सडक विभागका अनुसार नेपालमा राष्ट्रिय राजमार्ग र अन्य गरी करीब १ लाख किलोमीटर सडक छ । 

अहिले दुर्गम हुम्ला, डोल्पासम्म सडक विस्तार भइसकेको छ । प्राधिकरणका अनुसार कालोपत्रे धावनमार्ग भएका विमानस्थल जतिबेला पनि प्रयोग गर्न सकिन्छ । बाजुरा, भरतपुर, बैतडी, बझाङ, भोजपुर, विराटनगर, चन्द्रगढी, डोटी, दाङ, धनगढी, डोल्पा, गौतमबुद्ध अन्तरराष्ट्रिय, इलाम, जनकपुर, जोमसोम, जुम्ला, खानीडाँडा, नेपालगञ्ज, फाप्लु, पोखरा, राजविराज, रामेछाप, रारा, सिमरा, सुर्खेत, सल्ले (रूकुम), सिमिकोट, साँफेबगर, त्रिभुवन अन्तरराष्ट्रिय, तुम्लिङटार, तेन्जिङ हिलारी (लुक्ला), ताप्लेजुङ र थामखर्क विमानस्थल सञ्चालनमा छन् । 

प्रयोगमा नरहेका विमानस्थलमा बाग्लुङ, चौरजहारी, दार्चुला, ढोरपाटन, पालुङटार (गोरखा), रेसुङ्गा (गुल्मी), जिरी, कांगेलडाँडा (सोलुखुम्बु), खिजी चण्डेश्वरी (ओखलढुंगा), लाङटाङ, लामीडाँडा, महेन्द्रनगर, मनाङ, मसिनेचौर (डोल्पा), मेघौली, रोल्पा, स्याङ्बोचे (सोलुखुम्बु), रुम्जाटार (ओखलढुंगा) र टीकापुर छन् । यी विमानस्थल निर्माणमा लाखौं लगानी भएको छ । अहिले पनि कर्णालीलगायत दुर्गम भेगमा खाद्यान्न ढुवानीदेखि औषधि उपचारसम्मका लागि जहाजमै भर पर्नुपर्ने अवस्था छ । 

सुगममा सबैभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको बुद्ध एयरले दुर्गममा उडान गर्ने घोषणा गरेको छ । अहिले बुद्ध, यती, श्री, सौर्य, गुण, राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलगायतले काठमाडौं, भैरहवा, नेपालगञ्ज, विराटनगर, पोखरा, राजविराज, सिमरा, चन्द्रगढी जस्ता सुगम रूटका विमानस्थलमा उडान गर्दै आएका छन् ।

यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले दुर्गम (स्टल रूट) लक्षित उडान गर्दै आएको छ । नेपाल एयरलाइन्सले पनि दुर्गममा उडान गर्दै आएको छ । निजी कम्पनीले माउन्टेन उडान पनि गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)