काठमाडौं । एक दिनको अन्तरमा वाणिज्य बैंकहरूमा ३६ अर्ब रुपैयाँ निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साताको अन्तिममा निक्षेप ह्वात्तै बढेको हो ।
बैंकहरुसँग गत मंगलवारसम्म ४४ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा बुधवारसम्म आउँदा त्यो बढेर ४५ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।
गत सातासम्म ४१ खर्ब ८३ अर्ब रुपैयाँ रहेको ऋण भने १ अर्ब रुपैयाँले घटेको छ । निक्षेप उच्च दरले बढ्ने तर ऋण घट्ने हुँदा बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) मा सुधार देखिएको छ । गत सातासम्म ८७ दशमलव ८१ प्रतिशतको रहेको सीडी रेसियो बुधवार ८७ दशमलव ०१ प्रतिशतमा झरेको छ ।
दसैंमा खर्च भएको पैसा बिस्तारै प्रणालीमा फर्किएकोले निक्षेप बढेको बैंकरले बताएका छन् । अर्को तर्फ सरकारले निर्वाचनका लागि खर्च बढाएकोले त्यो पैसा पनि निक्षेपका रुपमा फर्किएको छ ।
18