ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजारमा ५०० भन्दा बढी मूल्य पर्ने लुगा मात्र ३० रुपैयाँमा ! [फोटो फिचरसहित]

२०७९ कार्तिक, १  
समाचार फोटो फिचर उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । मंगलवार बनस्थलिको सुखावती स्टोरमा लुगा किन्दै गरेका सुनिल गुप्ता हर्षित देखिन्थे । उनी हर्षित हुनुको कारण थियो बजारमा ५०० भन्दा माथि मूल्य पर्ने टि-सर्ट मात्र ३० रुपैयाँमै किन्न पाउनु । 

सुनिल जस्तै अन्य उपभोक्ताको पनि बाक्लै उपस्थिती रहेको स्टोरमा अन्तरराष्ट्रिय संस्था आइसेक नेपालले पुनः प्रयोग गर्न मिल्ने लुगा सस्तो मूल्यमा विक्री वितरण गरिरहेको थियो । सामान्य बजारमा ५०० देखि ३/४ हजारसम्म पर्ने लुगा कमजोर आर्थिक अवस्था भएकाहरूका लागि संस्थाले न्युनतम २० रुपैयाँ देखि अधिकतम ४०० रुपैयाँसम्ममा विक्री वितरण गरिरहेको छ। 

३० रुपैयाँमा टि-सर्ट किन्न पाएपछि खुसी देखिएका सुनिल गुप्ता । 

आइसेकले गत मंगलवारबाट पुनः प्रयोग गर्न मिल्ने लुगाकपडा संकलन गरेर विक्री गर्न थालेको हो । संस्थाले प्रयोग नै नभएका, कुनै स्टोरमा लामो समयसम्म स्टक रहेका तथा सेकेन्डह्यान्ड ८०० भन्दा बढी कपडा संकलन गर्ने उद्देश्यले ‘लेट योर क्लोथ फाइन्ड द न्यू होम’ अभियान चलाएको थियो । 

यसरी संकलित कपडा आज मंगलवार देखि सुखावती स्टोरबाट विक्रीमा राखिएपछि त्यहाँ राजधानीका विभिन्न स्थानबाट सस्तो लुगा किन्नेको भीड लागेको थियो । यसरी आउनेमा अधिकाशं न्यून आय भएका, कवाडीको काम गर्ने तथा स्थानीय भूमिहिन समुदायका मानिस रहेका थिए। 

प्वाल परेका सारीबाट बनाइएका लेहेङ्गा ।

सुखावती स्टोरका सञ्चालकका अनुसार संकलित भएर आएका कपडालाई बच्चा, महिला र पुरूषका कपडामा छुट्याईने गरेको तथा सामान्य ड्यामेज भएका कपडालाई पुन डिजाईन गरि अर्को कपडा तयार पार्ने गरिएको छ । कपडा विक्रीबाट संकलित रकम आर्थिकरूपमा विपन्न तथा समस्यामा परेका बालबालिकालाई वितरण गर्ने संस्थाको योजना छ । 

नेपालसहित विश्वका १२० भन्दा बढी देशमा आइसेकको सञ्जाल छ । नेपालमा दर्ता रहेको यो संस्थामा १ हजारभन्दा बढी विदेशी स्वंमसेवक छन् भने ४ हजारभन्दा बढी नेपाली युवा आवद्ध छन् ।

संस्थाले युवाहरूका लागि क्रस–संस्कृति आदानप्रदान र तिनीहरूका योजनाको छनोट तथा सहजीकरण गर्दै विभिन्न देशहरूमा र उनीहरूको विश्वव्यापी स्वयंसेवा वा विभिन्न उत्पादनहरूमा आधारित इन्टर्नशीपहरू गर्दै आएको छ । 

फोटो : सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)