ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा भाटभटेनीको विकल्प दिने गरि आदर्श सुपर स्टोर सञ्चालनमा, ३ करोड बढी लगानी

२०७९ कात्तिक, ७  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ७ वुद्धचोकमा ३ करोड लगानीमा सुपरस्टोर्स सञ्चालनमा आएको छ ।

आइतवारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको आर्दश सुपरस्टोर्सको भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लले उद्घाटन गरे ।

उद्घाटनपछि बोल्दै काफ्लेले सुपरस्टोर्स सञ्चालनमा आएसँगै किनमेलका लागि नारायणगढ  जानुपर्ने बाध्यता अन्त्य हुने  बताए ।

वडामा युवाहरुले यस्ता सुपरस्टोर सञ्चालनमा आउंँदा अन्य युवाहरुलाई पनि स्वरोजगार हुन प्रेरणा मिल्ने उनको भनाई थियो । एकै ठाउँमा सबै सामान सहुलियत दरमा पाउँदा आम उपभोक्ताको लागि सहज र समय पनि बचत हुने उनले बताए ।

३ करोड बढी  लगानीमा सुपरस्टोर सञ्चालनमा ल्याएको सञ्चालक पवन अधिकारीले बताए ।

यस किसिमको सुपरस्टोरको यो ठाउंँमा आवश्यकता महसुस गरेर सञ्चालनमा ल्याईएको उनको भनाइ थियो ।

‘एकत यो स्टोर भरतपुरको मुटुमा छ । अर्कोकुरा क्यान्सर अस्पताल र यहांँ होटल रेष्टुरा पनि बढी छन ।’ उनले भने । स्थानीयहरु दैनिक उपभोग्य सामान किन्न नारायणगढ तथा भाटभटेनी सुपरमार्केटमा भरपर्नुपर्ने भएकोले विकल्प र माग दुबैलाई सम्बोधन गर्न सुपरस्टोर सञ्चालन ल्याईएको उनको भनाई थियो ।

अहिले ग्लोबल भिलेजको कन्सेप्ट छ, अनलाईन सपिङ्ग र अर्डरको कल्चर विकास भईसक्यो । उनले भने, समयअनुसारको उपभोक्तालाई सेवा दिन मैले यो अवधारण ल्याएको हुंँ ।’

सुपरस्टोरमा २५ सय भन्दा बढी सामान खरीदमा होम डेलिभरी तथा लक्की ड्रको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

शुभारम्भ र चाडवाडको अवसरमा विभिन्न सामान खरिदमा १२ देखि १५ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको उनले बताए । 

हाल स्टोर्समा दैनिक उपभोग्य वस्तु, मदिरा, भान्सामा प्रयोग हुने किचन सामाग्री, होम एपलायन्सका सामान र महिलालाई लक्षित हुने गरी कस्मेटिक, इनर वेयरका ब्राण्डेड सामान राखिएको छ । माग र आवश्यकता अनुसार अन्य सामाग्री थप गर्दै लैजाने  पनि उनले बताए ।

स्टोर्सले हाल १५ जनालाई प्रत्यक्ष रोजगार दिएको उनले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)