ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्यमी जगदीश अग्रवालको सिकाइ : असफलतामा धैर्य गर्दा सफल

२०७९ कात्तिक, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

काठमाडौं । निम्बस ग्रूप नेपालको परिचित व्यवसायिक घराना हो । अनेक आरोहअवरोह पार गर्दै यो समूह स्थापित भइसकेको छ । कृषिबाट व्यवसाय शुरू गरेको निम्बस ग्रूपअन्तर्गतका सबै कम्पनी अहिले ठूला बनिसकेका छन् ।

नेपालको व्यावसायिक घराना मदनलाल–चिरञ्जीलाल (एमसी ग्रूप) मा २ दशक जागीरे जीवन बिताएका जगदीश अग्रवाल निम्बस ग्रूपका अध्यक्ष छन् । उनका बाबुआमाको इच्छा छोरो डाक्टर बनोस् बन्ने थियो । तर, उनी भारतको कोलकाताबाट अर्थशास्त्रमा स्नातक सकेपछि व्यापारमा आउन चाहन्थे । फलस्वरूप उनले एमसी ग्रूप र सूर्य टोबाको कम्पनीमा जागीरेका रूपमा ३२ वर्ष बिताए । त्यसपछि आफैले केही गर्नुपर्छ भनेर हेटौंडामा निम्बस नेपाल शुरू गरेको उनले सुनाए ।

निम्बस शुरू गर्दा उनीसँग व्यापार गर्ने सोच र जाँगरबाहेक केही थिएन । त्यही क्रममा उनले हेटौंडा औद्योगिक क्षेत्रमा स्वीफ्ट बलपेन फ्याक्ट्री स्थापना गरे । तर, त्यो नाफामा जान सकेन । पहिलो प्रयासमा उनी लगभग असफल भए । तर, हार खाएनन् । यो अभियानमा उनलाई साथ दिने एक्ला पात्र थिए– छोरा आनन्द बगरिया ।

बलपेन उद्योगमा असफल भएपछि जगदीशले भारतबाट कन्फेक्सनरी, बिस्कुटलगायत सामान झिकाएर व्यापार गर्न थाले । व्यवसायमा असफल भइसकेकाले उनको मनमा डर पनि पलाएको थियो । ‘शुरू गरेको काममा सफलता प्राप्त गर्न नसक्दा दुःख लाग्दो रहेछ,’ उनले भने, ‘तर, त्यसबाट मैले ठूलो पाठ सिकें । के गरौं कसो गरौं भन्ने अन्योलमा पुग्दा पनि हार खान नहुने रहेछ ।’

शुरूमा हेटौंडामा आधुनिक प्रविधिबाट एनिमल फिड (दाना) उत्पादन गर्न शुरू गरेको निम्बसले फिडमात्रै उत्पादन गर्दैन, अहिले फूड प्रोसेसिङ पनि गरिरहेको छ । निम्बसले शुरू गरेको दाना उद्योग नेपालकै पहिलो हो । त्यही उद्योगले किसानको उत्पादनमा भ्यालू एड गर्ने अठोटका साथ अहिले दाल तथा तेल मिल पनि सञ्चालन गरिरहेको छ । निम्बसले फूड बिजनेशमा पनि हात हालेको छ । निम्बसको पछिल्लो संस्करण नै हो, फूड बिजनेश । निम्बसले अहिले विभिन्न स्थानमा अन्न भण्डारणका लागि वेयरहाउसको काम गरिरहेको छ । यसका अतिरिक्त प्लास्टिक साइडअन्तर्गत निम्बसले सिमेन्टका बोरा पनि उत्पादन गर्दै आएको छ । 

अध्यक्ष अग्रवालका अनुसार निम्बसले अहिले चारओटा भर्टिकलमा काम गरिरहेको छ । त्यो हो– फिड साइड, फूड साइड, केमिकल साइड र प्लास्टिक साइड । 

हाल निम्बस ग्रूपले हेटौंडा, वीरगञ्ज, बाराको जितपुर, कोहलपुर, कपिलवस्तु र इटहरीमा खानेतेल, पीठो, पशुपन्छीको दाना, पिनाको विक्रीवितरण तथा अन्न भण्डारण गर्दै आएको छ । सोही ग्रूपअन्तर्गत पेन्ट उद्योग पनि सञ्चालनमा छ । गतवर्ष यस समूहको टर्नओभर २५ अर्ब रुपैयाँ थियो । निम्बस ग्रूपअन्तर्गत सातओटा कम्पनी छन् । ती कम्पनीमा करीब ७ सय जनाले रोजगारी पाएका छन् ।

जगदीशले अबको १० वर्षका लागि योजना बनाएर काम गरिरहेको बताए । कम्पनीले केही वर्षमै सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने योजना बनाएको उनको भनाइ छ । आईपीओको लागि आन्तरिक तयारी भइरहेको छ । निम्बस ग्रूप अन्तर्गतको नेपाल वेयरहाउस पब्लिक कम्पनी भइसकेको छ भने अर्को प्रो–बायोटेक कम्पनी बाँकी छ ।  

नेपालमा पेप्सीकोला कम्पनी भित्र्याउन उल्लेख्य भूमिका खेलेका जगदीशले स्वदेशमा औषधि उद्योगले राम्रो प्रगति गरेको देख्दा खुशी लागेको बताए । लामो समय जागीरे जीवन बिताएका अग्रवालले केही गरौं भन्ने भावना, अनुभव र आन्त्रप्रेनरशिपले आजको अवस्थामा आइपुग्न सफल भएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)