ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा सबस्टेशन र प्रसारण लाइन निर्माण शुरू

म्याग्दी खोला जलविद्युत्का लागि ८ अर्ब लगानी जुट्यो

२०७९ कात्तिक, ३०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेशन र प्रसारण लाइन निर्माणको काम शुरू गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो । सबस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण शुरू गरिएसँगै अनुमति लिएका प्रवर्द्धक सक्रिय भएका छन् ।

विद्युत् प्राधिकरणको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले दुवै ठाउँमा जग्गा व्यवस्थापनको काम सकेर सबस्टेशनका उपकरण राख्ने ठाउँ बनाउन शुरू गरिएको जानकारी दिए । त्यस्तै प्रसारण लाइनका टावर रहने ठाउँको जग्गा अधिग्रहण प्रक्रिया पनि थालिएको उनले जानकारी दिए ।

सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाको ठेक्का अवधि ३० महीनाको छ । ठेकेदार कम्पनीले स्थलगत सर्वेक्षण र जग्गा व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माणलाई तीव्रता दिइएको बताएको छ । पच्चीस किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७७ ओटा टावर निर्माण हुनेछन् । टावर निर्माण हुने जग्गाको पहिचान र नापजाँच तथा अधिग्रहणका लागि मुआब्जा वितरणको काम भइरहेको छ ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १० मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनका टावर निर्माण हुनेछन् । डाँडाखेत सबस्टेशनमा १३३–३३ केभी, ३० एमभीए क्षमता र एआइएस प्रविधिका उपकरण जडान गरिने छन् । २२०–१३२–३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जिआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए । एशियाली विकास बैंकको ऋणमा प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो ।

डाँडाखेतमा सबस्टेशन बनाउन पाँच वर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करीब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ । दुवै ठाउँमा जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण भएको छ । म्याग्दी नदीमा १७२ दशमलव ८ मेगावाट क्षमताको चार ओटा जलविद्युत्् आयोजना निर्माण शुरू भएका छन् ।

संसारको सातौं अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई ओटा आयोजनाले पूर्वाधार निर्माण शुरू गरेका छन् । थप दुई ओटा आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् ।

राहुघाटमा ३५ दशमलव ५ मेगावाटको राहुघाट मंगले र ४८ दशमलव ५ मेगावाट क्षमताको अपर राहुघाट, २१ द्यशमलव ३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्् आयोजना निर्माणाधीन छन् । ५ दशमलव ५ मेगावाट क्षमताको बगरखोला, ४ दशमलव ७५ मेगावाटको स्यानोखोला, ४ दशमलव ९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत्् आयोजना निर्माणको चरणमा छन् । यसैबीच म्याग्दी खोला जलविद्युत्् आयोजना निर्माणका लागि ८ अर्ब रुपैयाँ लगानी जुटेको बताइएको छ । उक्त जलविद्युत् आयोजना निर्माणका लागि पाँच  बैंकले करीब ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । हाइड्रो भिलेज प्रालिले निर्माण गर्न लागेको ५७ दशमलव ३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी र बैंकहरूबीच करीब ८ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको छ । कुल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाइमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी गर्ने सहमति भएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)