ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान-चामलको आयात ४७ % घट्यो : आफ्नो उत्पादन छैन, के खाएर बाँचीरहेका छन् नेपालीहरू ?

२०७९ मंसिर, १  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ५ अर्ब ६० करोड बराबरको धान चामल आयात गरेको छ । भन्सार विभागको पहिलो तीन महिनाको तथ्याङ्क अनुसार विश्वको विभिन्न मुलुकबाट साउन देखि असोज मसान्तसम्म साढे ५ अर्ब बढीको धानचामल आयात भएको हो ।

उक्त रकम बराबरको १० करोड ८४ लाख ९६ हजार ९६८ किलोग्राम धान चामल आयात भएको विभागको तथ्याङ्क छ ।

गत वर्षको सोही अवधिमा नेपालले १० अर्ब ५१ करोड रुपैयाँ बराबरको २५ करोड ३७ लाख ४६ हजार ३६५ किलोग्राम धान चामल आयात गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष धान चामल आयातमा करीब ४७ प्रतिशतले घटेको छ ।

कुन कुन देश बाट आयात हुन्छ ?
भन्सारको तथ्यांकअनुसार चालू आवको पहिलो तीन महिनामा नेपालमा ८ देशबाट धान–चामल आयात भएको देखिन्छ ।

तथ्यांकअनुसार नेपालले भारत,  चीन, सिंगापुर, नामिबिया, क्यानाडा, जापान र अमेरिकाबाट धान चामल आयात गरेको पाइएको छ । नेपालले सबैभन्दा धेरै धान–चामल भारतबाट आयात गरेको छ । भारतपछि नेपालले चीन र अमेरिकाबाट सबैभन्दा बढी आयात गरेको छ ।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि अन्य देशबाट आयात हुने परिमाणमा केही वृद्धि भएको छ । तर समग्र आयात भने करीब ५० प्रतिशत नै घटेको छ ।

 

किन घट्यो आयात ?

कृषि अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता डा.उज्जल कुशवाहका अनुसार चामल आयात घट्नुमा  नेपालमा चैते धानको खेती बढ्नु र चामल आयातमा कडा निगरानी हुनु हो । चामल उत्पादन गर्ने राइसमिलको संख्या बढेकाले पनि चामलकै आयात कम हुन सक्ने उनको तर्क छ ।

तर नेपालको उत्पादन नै बढेको भए धान चामलको आयात क्रमश कम हुँदै जानुपर्नेमा एकै पटक ५० प्रतिशत हाराहारी आयात घटेको तथ्याङ्क भने अस्वभाविक लाग्छ ।


के खाएर बाँचिरहेका छन् त नेपालीहरू ?
नेपालले वर्षेनी ५० अर्ब हाराहारीको खाद्यान्न आयात गर्दै आएको छ । यसको अर्थ नेपालीले खाने खाद्यान्नको ठूलो हिस्सा आयातमै निर्भर छ । नेपालको आफ्नो उत्पादनले धेरै थोरै मात्र अंश धानीरहेको छ ।

सरकारले विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि गाडी लगायतका विलासी वस्तुको आयात घट्नु स्वभाविक हो । गाडीको आयात घट्दा  राजस्वमा असर परेपनि मानिसको दैनिकीमा कुनै असर गर्दैन ।

तर, बिहान बेलुका खाने खाद्यान्नको आयात घट्दा भने त्यसको विकल्पमा के आयात वा उत्पादन भयो भन्ने प्रश्न उठेको छ । 

नेपालमा अहिले धान उत्पादन हुने सिजन भएपनि किसानले भरखरै मात्र धान भित्र्याइरहेका छन् । सबै ठाउँमा धान भित्र्याउने काम सकिएको छैन । विदेशबाट आयात हुने धानचामलको यो खाडल कसरी पूर्ति भइरहेको छ त ?

पहिलो ३ महीनामा ५० प्रतिशतले धान चामलको आयात घट्दा पनि बजारमा खाद्यान्नको आपूर्ति सहज छ । यसको अर्थ भारतबाट चोरी पैठारी भएर धानचामल आयात भइरहेको छ, यात नेपालीहरूले धान चामलको सट्टा अन्य खाद्यवस्तुको उपभोग गरिरहेका छन् ।

यदि दुवै अवस्था आएको होइन भने प्रश्न उठ्छ - 'नेपालीहरूले चामलको सट्टा के खाएर बाँचीरहेका छन् ?'

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)