ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोबिल्ला पुलको सम्भाव्यता अध्ययन

२०७९ मंसिर, २२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पटक–पटक चर्चामा आइरहने दक्षिण पर्वत जोड्ने मोदीखोलामाथिको दोबिल्ला पुल पुनर्निर्माण हुने भएको छ । संघीय सरकारको सडक विभागमा पटक–पटकको दबाबपछि दोबिल्लामा मोटरेबल पुल पुनर्निर्माणको सम्भाव्यता अध्ययन थालिएको छ ।

विभागले चालू आर्थिक वर्षभित्रै सडकको विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेगरी योजना पेश गर्न सोमवार एपेक्स इन्जिनीयरिङ कन्सल्टेन्सीलाई जिम्मेवारी दिएको हो । उक्त कन्सल्टेन्सीका इन्जिनीयर चन्द्रदेव बोहोराले दोबिल्ला पुलको स्थलगत निरीक्षणसहित सम्भाव्यता अध्ययन शुरू गरिएको बताए । एक साताभित्र सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएपछि पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने उनले बताए । पुलको अवस्था जीर्ण भएकोबारे सडक विभागमा कैयौंपटक दबाब दिएपछि गत साता विभाग पुगेका फलेवासका नगर प्रमुख गंगाधर तिवारीले लगत्तै पुलको पुनर्निर्माण शुरू गरिने आश्वासन पाएका थिए ।

‘गत साता काठमाडौं पुगेर यो विषय गम्भीरताका साथ राखेको थिएँ,’ नगरप्रमुख तिवारीले भने, ‘लगत्तै डीपीआर तयार हुन्छ भन्नुभयो । सोमवारदेखि सम्भाव्यता अध्ययन शुरू भएको छ ।’ पुल पुनर्निर्माण गर्नेबारे कन्सल्टेन्सीका प्राविधिकहरूसँग कुराकानी भएको उनले बताए । फलेवासका सबै वडा समेट्ने पुल भएकाले निर्वाचित भएलगत्तै दोबिल्ला पुलको पुनर्निर्माणका लागि आफूले सम्बन्धित निकायमा पहल गर्र्दै आएको उनको भनाइ छ ।

२०५६ सालमा ट्र्याक खुलेको दोबिल्ला फलेवास सडकमा अस्थायी बेलिब्रिज शैलीको यो पुल २०६३ सालमा डिजाइन गरिएको थियो । यस्ता पुलमा बिछ्याइएका फलामे पाताको आयु बढीमा पाँच वर्ष हुने भए पनि लामो समयसम्म पाता नफेर्दा पुल जोखिमपूर्ण बन्दै गएको स्थानीय चित्रसागर श्रेष्ठले बताए । उनका अनुसार यो पुलबाट दैनिक सयभन्दा धेरै सवारीसाधन आवतजावत हुने गरेका छन् । क्षमताभन्दा बढी भार भएका सवारीसाधनका कारण पुलका फलामे पाता धस्सिएका छन् । साँघुरो पुलमा धस्सिएको भागबाटै सवारी गुडाउनुपर्ने बाध्यता छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)