ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तस्वीरमा हेर्नुस् दशौं अन्तरराष्ट्रिय इलेक्ट्रिकल–इलेक्ट्रोनिक्स प्रदर्शनी 

२०७९ मंसिर, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा दशौं अन्तरराष्ट्रिय इलेक्ट्रिकल–इलेक्ट्रोनिक्स प्रदर्शनी बिहीवार (आज) शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको प्रदर्शनीमा इलेक्ट्रिक एवं इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा लगायतका स्टल रहनेछन् । 

प्रदर्शनीमा नेपालमै उत्पादित विद्युतीय सामग्री प्राथमिकताका साथ राखिने बताइएको छ । प्रदर्शनीको नारा ‘नेपालको समृद्धि ऊर्जा खपत अभिवृद्धि’ छ । आयोजकका अनुसार प्रदर्शनी आयोजना गर्नुको मूल उद्देश्य ऊर्जा खपत बढाउनु, विद्युतीय सामग्रीको बजारीकरण र यस्ता वस्तुको प्रयोगबारे जनचेतना जगाउनु रहेको आयोजकले जनाएका छन् । 

मंसिर २५ गतेसम्म चल्ने प्रदर्शनीको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । प्रदर्शनीको पहिलो दिन आगन्तुकहरूको उल्लेख्य उपस्थिति थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)