ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिजनमा एकैदिन ५० किलोग्रम भन्दाबढि खपत हुने सुन अहिले दैनिक १० किलोग्राममा सिमित

२०७९ पौष, १  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । मङ्सिरमा दैनिक ५० किलोग्राम सुन खपत थियो भने अहिले दैनिक १० किलोग्राम सीमित भएको छ । मङ्सिर महिना सनचाँदीको खपत बढि हुने सिजन भनेर चिनिन्छ । यो महिनामा विवाहको लगन धेरै हुने भएकाले पनि यो सिजनमा विवाहका लागि गरगहना बनाउने ग्राहकको गुइचो निकै हुने गरेको छ । 

कालिमाटी स्थित आर एन्ड आर सुनचाँदी पसलमा कार्यरत रोहित विष्टले मङ्सिर महिनामा गरगहनाको अर्डर लिएर भ्याई नभ्याई भएको बताउँछन् । मङ्सिर महिनामा विवाहको लगनले गर्दा पनि विवाहको लागि गरगहना बनाउने ग्राहक निकै थिए । कति पयलाई त हामीले फर्काउन परेको थियो । मङ्सिरको २० गते सम्म एकदमै प्याक थियौं त्यसपछि विस्तारै ग्राहक घट्दै गएको छन् । 

यस्तै रिद्धिसिदि जुएलर्समा कार्यरत राजन अधिकारी अहिले सिजन सकिएसँगै बजारमा ग्राहकको आवतजावत कम भएको बताउँछन् । उनले भने,’ग्राहकको डिमान्ड कमी आएको छ । विवाहको सीजन सकियो अब यो पुस महिना भरी ग्राहक त्यति आउँदैनन्, फेरि माघ लगे सँगै ग्राहकको फेरि डिमान्ड बढ्छ उनले भने । साथै उनि सुनको मूल्य बढेको कारणले गर्दापनि ग्राहक त्यति सुन किन्न नआएको बताउँछन् । ' अहिले सुन तोलामै १ लाख भन्दा बढी नी पुग्यो त्यो कारणले पनि ग्राहक किन्न भन्दा बरु बेच्न आउने हुन्छन् । ९०,९२ हजार तोला हुँदा आउने ग्राहक र १ लाख नाघेपछि आउने ग्राहकको रेसियो फरक हुन्छ । भाउ पनि बढेको साथै सीजन पनि घटेकोले ग्राहक खासै छैन उनले थपे ।

उनका अनुसार मङ्सिर महिनामा आउटौ ग्राहकले पनि ८ देखि १० तोला सम्म किन्ने गर्छन । अब अहिले त विवाहका लागि सेट मै गरगहना आउँछन् एउटै सेटमा कम्तीमा ८ तोला सम्म हुन्छ । त्यस्तो ग्राहक दैनिक ७,८ जना आउँदा पनि व्यापार बढी नै हुने हुन्छ । अहिले त सीजन सकिए पछि यस्तै दैनिक लग भाग ८,१० तोलाको हाराहारीमा बिक्री हुन्छ । अहिले त महंगो हुँदा बेच्ने पनि आउँछन् उनले भने ।  उनका अनुसार मङ्सिर,माघ फाल्गुण वैशाख लगायतका महिना हरुमा सुनको खपत बढी हुने गरेको छ ।

सुनचाँदी व्यवसायी महाङ्घका पूर्व अध्यक्ष तेज रत्न साक्यका अनुसार मङ्सिर महिनाको १५ गते सम्म बजारको माघ एकदमै बढी थियो । मंसिरमा विवाहको लगन ले गर्दा पनि त्यो बेला सुनको गरगहना बनाउने ग्राहकको संख्या बढी थियो । त्यतिबेला दैनिक खपतनै लगभग ५० किलोग्राम भन्दा बढी थियो १५ गते पछाडि चाई ७५ प्रतिशले कमी आएको छ । विवाहका लागि जति पनि अर्डरहरु १५ गते भन्दा अगाडि नै आएकोले गर्दा पनि त्यस समयमा खपत बढेको हो । 

एक महिना कतिले बढ्यो सुनको मूल्य
पछिल्लो एक महीनामा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार १ मंसिरदेखि २९ मैसिरसम्म सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ ।
मंसिर १ गते सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो तर महिनाको अन्तिम दिन २९ गते शुक्रवार सुनको मूल्य १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महिनाभर सुनको मूल्यमा उतार चढाव रहेपनि महिनाको उच्चतम् मूल्य गत २८ मा १ लाख १ हजार र न्युनतम् मूल्य मंसिर ७ गते ९६ हजार ८ सय रुपैयाँ रहेको थियो । शुरुको २ हप्ता मूल्यमा उतरचडाव आएपनि  महीनाको अन्तीममा भने लगातार बढेको थियो ।

त्यसैगरि, चाँदीको मूल्य पनि यो महीना प्रतितोला ९५ रुपैयाँले बढेको छ । मंसिर १ गते प्रतितोला १ हजार २८५ रुपैयाँ रहेको चाँदीको मूल्य २९ गते प्रतितोला १ हजार ३८० रुपैयाँमा पुगेको छ । चाँदी यो महीना उच्चतम् मूल्य गत २८ र २५ गते  प्रतितोला १ हजार ४०० रुपैयाँ सम्म पुगेको थियो भने न्यूनतम ७ गते १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो । 
शाक्यका अनुसार सुनको मूल्य बढ्नुमा आन्तरिक कारण भन्ने हुँदैन, उनले भने, अब त्यो बाहिरी मूल्य बढ्दा यसमा नी असर पर्छ । त्यसै गरी अमेरिकी डलरले पनि नेपाली सुनचाँदी मूल्यमा असर पर्छ । डलरको मूल्य बढ्दा सुनको मूल्य घट्छ र सुनको मूल्य बढ्दा डलरको मूल्य घट्छ, किन भने लगानीकर्ताले की त सुनमा लगानी गर्छ की डलरमा लगानी गर्छन् । सुन र डलर चाहिँ रिभर्स ट्रेन्ड हो । सुनको मूल्य लाई अन्तर्राष्ट्रिय बजारको मूल्य, एक्सचेन्ज रेट अनि त्यसपछि मात्रै इन्टरनल डिमान्ड र सप्लाईको कुरा आउँछ उनले भने ।
 

चालु आवमा कति सुन आयात भयो

भन्सार विभागको तथ्याकं नुसार साउनदेखि कत्तिक मसान्तसम्म ७ अर्ब ९५ करोड रूपैयाँको सुन आयात भएको छ। गत वर्ष यसै अवधिमा १४ अर्ब ९५ करोड रूपैयाँको सुन आयात भएको थियो । एक वर्षको समीक्षा अवधिमा सुनको आयात ४६ प्रतिशत घटेको तथ्यांक छ। नेपाल सरकारले दैनि सुनको कोटा १० केजि बनाए पछि सुनको आयातमा कमी आएको व्यवसायी बताउँछन् ।  

सिजनको बेलामा कोटा सिस्टमले गर्दा हामीले ग्रहक फर्काउन पर्ने अवस्था थियो , हामीले ग्राहकलाई रेडिमेड गरगहना नै लैजानुस् भन्ने अवस्था आएको थियो । त्यति बेला डिमान्ड धेरै थियो तर सप्लाई थोरै भएकाले कालोबजारी भयो । तोलामै ५ हजार सम्म कालोबजारी भयो शक्यले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)