ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनीमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा निर्माण

२०७९ पुस, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाईल फोटो
author avatar अभियान संवाददाता author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा सार्वजनिक जग्गा, पुल, सडक,  खोल्सा र गुठी जग्गा अतिक्रमण गरी घर टहरा निर्माण गरिएको पाइएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर व्यक्तिगत प्रयोजनका लागि घर टहरा निर्माण गरेको पाइएको हो ।

बेनी नगरपालिका–२ हाडेभीरको सार्वजनिक जग्गा लिएर कृषि औजार कारखाना चलाउनुका साथै टहरा बनाएर अन्य व्यवसायीलाई भाडामा लगाइएको छ । खाद्य संस्थानबाट किनेको जग्गा र बेनी नगरपालिकालाई दिएको चार आना जग्गाको भवन पनि व्यक्तिको नाममा छ ।

अतिक्रमित जग्गा खाली गर्न अख्तियारले निर्देशन दिएको छ । यद्यपि गलेश्वरको रिभरसाइड होटल र हाडेभीरमा कुलदीप जुग्जालीले मोटरेबल पुल नै अतिक्रमण गरेर बनाएको टहरा हटाउन बेवास्ता गरिएको छ ।

बेनीको क्याम्पस चोक र कालीपुल क्षेत्रका अधिकांश घर सार्वजनिक जग्गामा बनेका छन् । बेनी अस्पतालको जग्गा मिचेर न्यू वेष्ट प्वाइन्ट आवासीय माविले सडक बनाएको छ । कालीपुलस्थित बालमन्दिर आधारभूत विद्यालयको जग्गा र नगरपालिका भवन पछाडिको जग्गा सुकुमबासी र अव्यवस्थित बसोवासीबाट अतिक्रमण भएको छ । पर्वत–बेनी जोड्ने झोलुंगे पुल र न्यूरोड पछाडिको प्रकाश माविको जग्गा पनि अतिक्रमण भएको छ ।

बेनी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित हुनेबित्तिकै नगर क्षेत्रको सार्वजनिक जग्गाको पहिचान र संरक्षण गर्ने निर्णय गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतले अतिक्रमित जग्गामा बनेका भौतिक संरचना हटाउन गरेको निर्देशन तथा फैसला कागजमै सीमित भएको छ ।

बेनी बजारमा सडकको क्षेत्राधिकारमा निर्माण भएका संरचना हटाउन प्रशासन, सुरक्षा निकाय र नगरपालिकाको टोलीले नापजाँच गर्दै हटाउन अनुरोध गर्दै आएको छ । पछिल्लो समय बेनी नगरपालिकाले त्यस्ता संरचना हटाउन ३५ दिने सूचना समेत जारी गरेको मेयर सुरत केसीले बताए ।

त्यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिक कोत (खड्गभवानी)को बगरफाँटमा अवस्थित गुठी जग्गा पनि अतिक्रमण गरिएको छ । जग्गा अतिक्रमणबारे पटकपटक जानकारी गराउँदा पनि सम्बन्धित निकाय मौन रहेको गुठियारहरूले बताएका छन् ।

खड्गभवानी कोतको नाममा जग्गाधनी प्रमाणपुर्जा रहेको करीब ३३ रोपनी जग्गामध्ये २० रोपनी जग्गा ज्यामरुककोटको भकुन्डे क्षेत्र र १२ रोपनी ६ आना जग्गा बगरफाँटको कुरुङदीमा रहेको खड्गभवानी कोत पूजा एवं गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)