ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नवगठित सरकारलाई अर्थतन्त्र उकास्ने चुनौती: दाहाल र पौडेलको अग्निपरीक्षा शुरू

२०७९ पुस, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आठसदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । एमाले उपाध्यक्ष समेत रहेका पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । उनले सोमवार नै पदभार ग्रहण गर्दै अहिले अर्थतन्त्रमा देखिएको समस्या विज्ञहरूसँग सुझाव लिएर समाधान गर्ने बताएका छन् । बिग्रँदो अर्थतन्त्रलाई सबैसँग संवाद र सहकार्य गरेर सुधार गर्ने उनको प्रतिबद्धता छ ।

‘अहिले संकटको डिलमा रहेको यो अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित रूपले अघि बढाउन हामीले धेरै मेहनत गर्नुपर्नेछ,’ उनले भने ‘त्यसका लागि संसारका असल अभ्यास र आफ्नै अनुभवबाट सिक्नुपर्छ । म यो विषयमा छलफल गर्नेछु, यो समस्या कसरी आयो, समाधान गर्न के गर्न सकिन्छ भनेर संवाद गर्नेछु ।’ 
नवनियुक्त मन्त्री पौडेलले चालू खर्च घटाउन र पूँजीगत खर्च बढाउन आफ्नो प्राथमिकता हुने बताएका छन् । ‘अर्थतन्त्रका समस्याको पहिचान मेरो प्राथमिकता हुनेछ,’ उनले भने, ‘त्यसपछि विज्ञका सुझावका आधारमा अर्थतन्त्रका चुनौतीको समाधान गरिनेछ ।’ अर्थ मन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गरिने समेत उनले बताएका छन् । पदभार ग्रहण गर्दै उनले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।

अर्थतन्त्रको सुधार मुख्य प्राथमिकता

नेपालको अर्थतन्त्र संकटबाट गुज्रिरहेको बेला नयाँ सरकार गठन भएको छ । नयाँ सरकार र अर्थमन्त्रीसामु खासगरी आर्थिक क्षेत्रको संकट, निजीक्षेत्रले सरकारप्रति बढाएको अविश्वास र सरकारको बढ्दो खर्च व्यवस्थापन गर्नुपर्ने चुनौती छन् । यस्तो अवस्थामा एमालेको नेतृत्व गरेर गठबन्धन सरकारमा पुगेका प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पौडेलको अग्निपरीक्षा शुरू भएको छ ।

पछिल्लो समय सरकारको आम्दानी र खर्चको असन्तुलन बढ्दो छ । यसलाई मिलाएर लैजानु सरकारको मुख्य चुनौती हो । मुलुकका ठूला पूर्वाधार निर्माणमा वैदेशिक सहयोगको खाँचो छ । अहिले नेपालको वैदेशिक सहायताको अवस्था निकै कमजोर रहेकाले दातृ निकायको मन जितेर थप सहायता भिœयाउने चुनौती सरकारसामु छ । अर्कोतर्फ बाह्य क्षेत्र असन्तुलित हुँदा नेपालमा पनि आर्थिक मन्दीका संकेत देखिन थालेका छन् । 

विश्व अर्थतन्त्र नै मन्दीतर्फ जान लागेको विश्लेषण आइरहेको बेला यो सरकारले निजीक्षेत्रलाई विश्वासमा लिएर जानुपर्ने अर्थशास्त्री केशव आचार्य बताउँछन् । निवर्तमान अर्थमन्त्रीले बिदा हुँदै गर्दा अर्थतन्त्रमा खासै चुनौती देखाएनन् । सोमवार अर्थमन्त्रीबाट बिदाइ हुँदै शर्माले पूँजीगत खर्चको प्रक्रिया अघि बढाएको दाबी गरे । तर, सरकारको आम्दानीमध्येको भरपर्दाे स्रोत राजस्व संकलन एकदमै कमजोर छ । मङ्सिर मसान्तसम्मको अवस्था हेर्दा सरकारी लक्ष्यको तुलनामा १ खर्ब ३८ अर्ब न्यून राजस्व संकलन भएको छ ।

लक्ष्यको तुलनामा न्यून राजस्व संकलन भएपछि सरकारले तोकिएका विकास निर्माणमा खर्च गर्न नसक्ने अवस्था आएकाले यसलाई सन्तुलित राख्न सरकारलाई चुनौती छ । यस्तै मूल्यवृद्धिलाई वाञ्छित सीमामा राख्नु पनि सरकारलाई अर्को चुनौतीको रूपमा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)