ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हनुमानढोकामा नाचेर मनाइयो टोपी दिवस

२०७९ पुस, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । १० औं अन्तरराष्ट्रिय पोशाक तथा राष्ट्रिय टोपी दिवसका अवसरमा आइतवार काठमाडौंको हनुमानढोकामा भेला भएका थिए पर्यटन व्यवसायीहरू । त्यहाँ भेला भएका पर्यटन व्यवसायीहरूको पहिरन भने एउटै थिएन । कोही दौरा सुरुवाल र कोटमा सजिएका थिए त कसैले ज्याकेट पाइन्ट लगाएका थिए । तर, उनीहरूको पोशाकमा एउटा समानता थियो । सबैको टाउको नेपाली टोपी थियो । 

टोपी लगाउनेमा पुरुष मात्रै थिएनन्, महिला पनि थिए । त्यहाँ भेला हुनेहरूको हाउभाउ पनि एउटै थिएन । कोही तस्वीर खिँच्न मस्त थिए त कोही गफिन । काेही भने टोपी लगाउँदै गरेका देखिन्थे । 

टोपी दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले हनुमानढोकामा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाली पाेशाकमा सहभागीहरूले नृत्य प्रस्तुत गरेका थिए । 

टोपी दिवसका अवसरमा हनुमानढोकामा मात्रै होइन, देशभर कार्यक्रम मनाइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)