ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब मौसमी कामका लागि श्रम स्विकृती लिएर जाने बाटो खुल्ला, सुन्य लागतमा जान पाउने

२०७९ पुस, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रतिक्षा कडेल

काठमाडौं ।  अब विभिन्न मुलुकमा मौसमी कामदारका बाटो खुल्ला भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईतबार बाट मौसमी कामदारको लागि निर्देशिका २०७९ जारी गरेको छ । यो निर्देशिका सँगै अब मौसमी कामका लागि विश्वका विभिन्न मुलुकमा जाने नेपालीको लागि सहज हुने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय यो निर्देशिका आईतबार बाट जारी गरेको हो । अब यस निर्देशिका अनुसार मौसमी कामका लागि विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने नेपाली भन्ने बुजिने मन्त्रालय जानकारी दिएको छ ।
यस अघि नेपाल बाट मौसमी कामका लागि जनशक्ति पठाउने नियम थिएन । कुनै पनि व्यक्तिले मौसमी कामको लागि बाहिर जान आफैले प्रोसेसिङ गरेर विभिन्न बेक्तिगत निकाय बाट जाने गरेका थिए  । यो निर्देशिका बनेसँगै अब मौसमी कामका लागि विदेशिने युवालाई सहज र सजिलो हुने वैदेशिक रोजगार विज्ञ सोमप्रसाद लुइँटेलले बताए । उनले यस अघि मौसमी कामका लागि व्यतिगत तबरबाट र पलिकाहरुबाट मौसमी कामका लागि गए, कति देशहरूबाट  माग धेरै आयो तै कुरा लाई समाधान गर्न यो निर्देशिका तयार पारिएको छ उनले भने । हाम्रो वैदेशिक रोजगार एन हेर्ने हो भने २ वर्ष भन्दा कम अवधिको श्रम स्विकूती दिन मिल्दैन । तर यो निर्देशिका अनुसार अब वैदेशिक रोजगारीमा जान न्युनतम ३ महिना देखि जान मिल्ने छ । यो निर्देशिका जी टु जी प्रक्रिया हो । जी टु जी प्रक्रिया नेपाल सरकार देखि जाने देशको सरकार सँगको प्रक्रिया हो । यसको लागि पैसा लाग्दैन यो सुन्य लागतमा नै नेपालीहरु मौसमी कामका लागी जान सक्नेछन् । यो नेपाल सरकारले नै श्रम स्विकृती दिएर पठाउनेछ् ।
पछिल्लो समय विकसित मुलकहरूमा मौसमी कामदारका माग उच्च रहेको छ । कोरिया, यूके लगायतका देशहरुले अझै पनि मौसमी कामदारको लागि माग गरिरहेको वैदेशिक रोजगार विभागका महा निर्देशक उमाकान्त आचार्यले बताए । उनले भर्खरै भएको विश्व कपका लागि पनि कामदारको माग आएकोले २  वर्ष भन्दा कम श्रम सुक्रीति राखेर डब्लु सी भन्ने इन्डिकेटर राखेर पठाउन परेको बताए ।  कोरियाको लागि पनि अहिले कृषिमा ५,६ महिनाका लागि मौसमी कामदारको माग भइरहेको उनले भने । मौसमी कामदार प्रायजसो कृषिमुखि हुने भएकाले यसमा खासै शिप नचाइने उनले बताए । कृषि सँग संबंधित कार्य जान्नु पर्ने साथै उमेर १८ देखि ४० वर्ष सम्मको हुनुपर्ने हुने बताए । त्यस्तैगरी छनोट गर्ने प्रक्रियामा सूचना प्रकाशित गरेर माग गरिने साथै पठाउने देशको पालिका बाट यहाँका पालिकामा कृषि मजदुर पठाउन माग गर्छ त्यसपछि प्रक्रिया शुरू हुने उनले बताए । यो निर्देशिका अनुसार १११ देश मध्य जुनै देशबाट माग आउँछ त्यही देशमा पठाउने आचार्यले बताए  । पछिल्लो समय कोरिया बाट विभिन्न पालिकाहरुमा कोरिया जाने मैसमी कामदारको छनोट गर्दै भएको उनले बताए । पालिकाबाट छनोट भएर विभागमा आएर श्रम स्विकृति दिएर पठाउने उनले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)