ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतबाट ५० हजार टन गहुँ आउँदै, नेपाली उद्योगलाई अझै २ लाख टन गहुँ अपुग

२०७९ पुस, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारतबाट पहिलो खेपमा ५० हजार मेट्रिक टनगहुँ नेपाल आउने भएको छ । भारत सरकारले नेपालका उद्योगलाई आवश्यक पर्ने गहुँको विवरण संकलन गरेपछि उक्त परिमाण पहिलो खेपमा पठाउन लागेको हो । 

नेपाल फ्लोर मिल एशोसिएशनका केन्द्रीय अध्यक्ष कुमुद दुगडले चैतसम्मका लागि नेपाली उद्योगलाई २ लाख ५० हजार टनगहुँआवश्यक रहेको तर पहिलो खेपमा ५० हजार मेट्रिक टन आए पनि केही राहत हुने बताए ।

भारत सरकारलाई समयमै सही तथ्यांक पठाएर माग नगर्दागहुँआयात ढिला भएको उनले बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले नेपालमा २९ लाख टनगहुँउत्पादन भएको देखाएको र भारतीय पक्षले त्यसैका आधारमा नेपालमा गहुँको स्टक छ भन्ने बुझेकाले तत्काल निकासी खोल्न चासो नदेखाउँदा समस्या उत्पन्न भएको उनले बताए । तर, अहिले तथ्यांक सच्याएपछि ५० हजार टनगहुँआयात हुन लागेको दुगडले बताए । 

दुगडका अनुसार भारतबाटगहुँआए नेपालमा आँटा र मैदाको भाउ किलोमा १० रुपैयाँसम्म घट्छ । अहिलेको मूल्यमा १५ प्रतिशतसम्म कमी आउँछ । यसले आम उपभोक्तालाई राहत हुनेछ । नेपालमा अहिले गहुँको मूल्य प्रतिकिलो ५२ रुपैयाँ छ । त्यस्तै मैदा ७०, आँटा ७६, सुजी ८० र चोकर ४६ रुपैयाँ प्रतिकिलो पर्छ । यो मूल्यमा भ्याट जोडिएको छैन । 
भारतमा गहुँको मूल्य २८ दशमलव ५० भारतीय रुपया (भारू) प्रतिकिलो छ । मैदाको ३२, आँटाको ३४, चोकरको २८ भारू प्रतिकिलो मूल्य छ । नेपालमा भन्दा भारतमागहुँकिलोमा ५ रुपैयाँ ४० पैसा सस्तो छ । 

नेपालका २८ ओटा मिललाई ३ महीनाको निम्ति २ लाख ५० हजार टनगहुँचाहिन्छ । वैशाखदेखि नेपालकैगहुँबजारमा आउने भएकाले अरू ३ महीना स्वदेशी गहुँले धान्छ । अर्को वर्षका लागि भने सरकारले बेलैमा भारत सरकारसँग कोटा स्वीकृत गराएर आवश्यक गहुँको बन्दोबस्त गर्नुपर्ने मोरङ व्यापार संघका उपाध्यक्ष तथा एशोसिएशनका सचिव विकास वेगवानी बताउँछन् । 

गहुँ अभावमा नेपालका अधिकांश मैदा मिलको उत्पादन २० देखि ४० प्रतिशतमा सीमित भएको छ । यही बेला भारत र नेपालमा मैदाको मूल्य क्वीन्टलमा ३ सय रुपैयाँ फरक छ ।

यसले गर्दा चोरीपैठारी बढेर स्वदेशी उद्योग थप संकटमा पर्ने हुँदा भारतबाट पर्याप्तगहुँआयात अपरिहार्य भएको नेपाल उद्योग परिसंघका सदस्य तथा बाबा फ्लोर मिलका सञ्चालक भवेश राठी बताउँछन् । 
भारतले ८ महीनाअघि रूस–युक्रेन युद्धका कारण देखाउँदै भारतलेगहुँनिकासीमा प्रतिबन्ध लगाएको हो । उक्त प्रतिबन्धअघि नेपालमा ५० रुपैयाँ प्रतिकिलो रहेको मैदाको भाउ अहिले ७० रुपैयाँ पुगेको छ । त्यस्तै ५५ रुपैयाँ पर्ने आँटाको भाउ ७६ रुपैयाँ प्रतिकिलो पुगेको छ । ६० रुपैयाँ किलोमा पाइने सुजीलाई अहिले ८० रुपैयाँ र ३८ रुपैयाँ किलोको चोकरलाई ४६ रुपैयाँ तिर्नुपर्छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)