ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेगखोलामा पक्की पुल निर्माण तीव्र, तीर्थयात्री लाई सहज हुने अपेक्षा

२०७९ पुस, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । मुस्ताङलाई यातायात मार्फत काठमाडौं लगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै मार्ग बेनी–जोमसोम सडक खण्डको बेगखोलामा पक्की पुल निर्माण तीव्र रूपमा अघि बढाइएको छ ।

जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटरेबल पुल निर्माणले तीव्रता पाएको हो । पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए ।
सडक विभागमार्फत योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले निर्धारित समयभन्दा अगावै योजना सम्पन्न गर्नेगरी निर्माणलाई गति दिएका हुन् । २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा रहेको बेलिब्रिज र झोलुंगे पुलसहित बस्ती नै बगाएको थियो ।

खोलामा पक्की पुल नहुँदा म्याग्दीको उत्तरी भेगका स्थानीय र मुस्ताङको भ्रमणमा आउने पर्यटक, तीर्थयात्री र सर्वसाधारणले वर्षात्का समयमा आउने बाढीका कारण सास्ती भोग्दै आएका थिए ।

बेगखोलामा सडक विभाग अन्तर्गत रहेको पुल महाशाखा काठमाडौंले ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पानको पुल निर्माण गर्न लागेको हो ।

विभागले बीओकेआई हिमालयन जेभीसँग भ्याटसहित ८ करोड ३० लाख रुपैयाँमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौतालगत्तै ठेकेदार कम्पनी कार्यक्षेत्रमा खटिएर निर्माणमा जुटेको थियो ।

पुल निर्माणका लागि सम्झौता गरेको निर्माण कम्पनीले उल्लेख्य मात्रामा मजदूर र उपकरण परिचालन गरेर निर्माणलाई तीव्रता दिएको छ ।

योजनाको अनुगमन र सुपरिवेक्षणको जिम्मा पाएको पुल सेक्टर पोखराका इन्जिनीयर आशिक रिजालले तोकिएको समयभित्र पुल निर्माण सम्पन्न गर्न कार्यालयका तर्फबाट नियमित रूपमा निर्माण कम्पनीलाई ताकेता गरिएको बताए ।

निर्माण कम्पनीले उपकरणसहित मजदूर जुटाएर पुल निर्माणलाई गति दिइएको उनले बताए । वर्षात्का समयमा बेगखोलामा पुल नहुँदा सर्वसाधारणले निकै सास्ती र दुःख भोगेकाले पुल समयमै सम्पन्न गर्न कार्यालयले प्राथमिकताका साथ काम गरेको उनको भनाइ छ ।

अहिलेसम्म करीब ४५ प्रतिशत भौतिक प्रगति भएको छ । पुलको जग बसाल्ने, वारिपारिका दुईओटा र बीचको गरी तीनओटा पिलर राख्ने काम गरिसकेको इन्जिनीयर रिजालले जानकारी दिए । उनका अनुसार अबको १ हप्ताभित्र पिलरमाथि क्याब निर्माण गरिनेछ । चालू आर्थिक वर्षभित्रै पुलको मुख्य संरचना निर्माण सक्नेगरी काम अगाडि बढाइएको उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)