ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माटोका भाँडा फुटाउने लिच्छविकालिन जात्रा : पुराना नपाएपछि हजारौं खर्चेर नयाँ भाँडा फुटाइयो

२०७९ पुस, २२  
विविध Slider
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । पूर्णिमाका दिन उपत्यकामा चाँगुनारायणको कलश यात्रा तथा प्राचिन लिच्छविकालिन घ्याम्पो फोर्ने जात्रा सम्पन्न भएकोे छ ।

चाँगुनारायण, लक्ष्मी र सरस्वती प्रतीकको स्वरूप तीनओटा कलशलाई भक्तपुरको चाँगुबाट तीनजनाले बोकेर रानीपोखरीको उत्तरपश्चिमस्थित जमलको पाटी पुरयाएका थिए । त्यहाँ सरकारी तर्फबाट पूजा सकिएपछि राजखड्ग, शार्दूलजंग पल्टनका साथ राजोपाध्ययायहरूले कमलाछी, असन, इन्द्रचोक र मखन हुँदै ती कलशलाई हनुमानढोका पुर्‍याएका थिए । हनुमानढोका महेन्द्रेश्वर महादेब अर्थात मखन पशुपति मन्दिर अगाडि पुग्दा थुपारेर राखेको माटाका भाँडाकुँडा फुटाएर अपसगुन देखाइएको थियो ।

विगत ३ दशकदेखि सांस्कृतिक परम्परा जीवित राख्न हनुमानढोकामा मात्रै माटाका पुराना भाँडाकुँडा फुटाल्ने क्रम जारी राखेका आयोजक तारीणी मखन युवा क्लबका अध्यक्षा राजन महर्जनले बताए ।

विष्णु नारायणले आफनो स्थान छोडेर जान लागेको भन्दै तान्त्रिकले ठाँउठाँउमा माटोको भाडो फुटाएर रोकेको र यसले अपसगुन देखाएको भन्दै चांगुनारायण हनुमानढोकामा नै बसेको किबंदन्ति रहेकाले यसै परम्परालाई निरन्तरता दिइएको उनले बताए ।

लिच्छवीकालदेखि शुरू भएको यो घ्याम्पो फोर्ने जात्रा पहिला पहिला चाँगुनारायण, भक्तपुर, ठिमी, कोटेश्वर, तिनकुने, भोटाहिटी, असन इन्द्रचोक, तिनधारा पाठशाला हनुमानढोका लगायतका स्थानमा माटाका पुराना भाँडाकुँडा फुटाएर मनाइन्थ्यो। तर, मानिसहरूमा माटाका भाँडाकुँडाहरूको प्रयोग निकै कम हुँदै गएपछि अहिले हनुमानढोका अघि मात्रै फुटाउने गरिएको महर्जनको भनाइ छ ।

उनका अनुसार उपत्यकाभरि माटाका पुराना भाडाँकुडा नपाएर करिब ५०० देखि १ हजार ७०० रुपैंया सम्मका नयाँ माटाका भाँडाकुँडा किनेरै भएपनि यो वर्ष पनि जात्रालाई निरन्तरता दिएको छ । यसपछि चाँगुनारायणको स्वागत र दर्शनार्थ जीवित देवीका रूपमा रहेकी कुमारीको विशेष उपस्थितिमा तलेजु मन्दिरका पूजारीहरू तथा राजोपाध्ययायहरूले विशेष पुजा गरी कलशलाइ मन्दिरमा भित्राएका थिए ।

यो वर्ष चाँगुनारायणको दर्शनार्थ उपराष्ट्रपति नन्द किशोर पुनको पनि उपस्थिति रहेको थियो । हनुमानढोकामा पूजा सकेपछि तीनओटै कलशलाई राष्ट्रपतिलाई प्रसाद दिन र दर्शन गराउन शीतल निवास पुर्‍याइएको थियो । राष्ट्रपतिले दर्शन गरेपछि कलशको जललाई शोभाभगवतिसँगैको भद्रमती (भचाःखुशी) मा लगेर सेलाइएपछि कलश जात्रा समापन भएको थियो ।
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)