ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनको मूल्य लगातार बढ्दो, किन्ने भन्दा बेच्ने ग्राहक बढे

२०७९ पुस, २५  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । पछिल्लो केहि हप्ता देखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । मंसिरको २३ गते देखि सुनको मूल्य एक लाख माथि कायम हुँदै आएको छ । गत मंसिरको २३ मा १ लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन अर्थात आइतवार सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैंयाँमा कारोबार भएको थियो । 
सुन चाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ३ हजार ९०० रुपैयाँमा यो वर्षकै उच्च मूल्य कायम गरेको छ । सुनको मूल्य गत वर्षको फगुनमा सबैभन्दा धेरै १ लाख ५ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । सुन चाँदी व्यवसायी महासघंका अदक्ष्य मणिकरत्न शाक्यका अनुसार सनको मूल्य अझै बढ्न सक्ने बताएका छन् । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमानै सनुको मूल्य बढेकोले यसको प्रभाव नेपाली बजारमा पनि परेको उनले बताए । ‘अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य ३५ डलर बढेको छ, त्यसले नेपाली बजारलाई पनि प्रभाव परेको छ ।‘ उनले भने । 
पुष महिना सुनको लागि अफ सिजन भएकाले गर्दा पनि यसको कारोबार भने खासै हुँदैन तर मुल्य हत्वै बढेकाले गर्दा किन्ने ग्राहक भन्दा पनि बेच्ने ग्राहक बढि भएको रिद्दीसिद्दी जुवेलर्सका राजन अधिकारीले बताए । ‘सुनको मूल्य बढेसंगै हाम्रोमा बेच्न आउने ग्राहक बढेका छन् । अरु महीनाको तुलनामा पुषको महिनामा खासै किन्ने ग्राहक कमै हुन्थिए तर मुल्य बढे पछि त झनै नगन्य हिसावमा ग्राहक छन् । पहिला पहिला १,२ जना त्यो पनि बेच्नै पर्ने बाध्यता भएका ग्राहक आउँथे, मूल्य बढे सगै हाम्रो दैनिक २५ देखि ३० जना ग्राहक सुन बेच्न आउँछन् । प्रतिग्राहले १,२ तोला सुन विक्रि गरिरहेका हुन्छन् । मंसिरदेखि यता तोलामै ६ हजारले बढेको छ, अझै बढ्न सक्ने अवस्था छ । कतिपय ग्राहक अझै बढ्छ अनि बेच्ने भनेर कुरिरहेका हुन्छन् । उनले भने । 

यस्तै शुभकामना जुवेलरिका दिप्सन केशिले पनि मूल्य बढे सँगै बिक्री गर्न आउने ग्राहक बढेको बताउँछन् । मूल्य बढे सँगै कारोबारमा प्रभाव पारेको उनले बताए । उनले मूल्य हाई हुनु भन्दा अघिको तुलनामा ७० प्रतिशत ग्राहक विक्री गर्न आउने र ३० प्रतिशत किन्न आउने गरेको उनले आर्थिक अभियान सँग भने । मंसिरसम्म कारोबार राम्रै थियो,किन्न आउने ग्राहक ९० प्रतिशत जस्तै थिए तर मूल्य उकालो लागेसँगै कारोबारमा पनि कमी आएको छ र किन्ने भन्दा पनि बढी बेच्ने ग्राहक धेरै छन् । यो वर्ष को उच्च मूल्य अहिले कायम भएको छ तै भएर पनि किन्ने भन्दा बेच्ने छन् । उनले मूल्य बढ्दा सिधै कारोबारमा असर परेको बताए । पहिलाबो रेसियोमा ग्राहक छैनन् भएकोमा पनि धेरै बिक्रि गर्न आउने छन् । उनले भने ।

आज चाँदीको मूल्य पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार ३९० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो । 
अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढ्दो क्रममा छ । आज बजार खुलेसंगै ० दशमलभ ६५ प्रतिशतले बढिसकेको छ । आज (नेपाली समय अनुसार बिहान ११:५५ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८७८ दशमलव २६ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (शुक्रवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८६५ दशमलव ९७ डलरमा बन्द भएको थियो ।
त्यसैगरी, आज डलरको मूल्य भने स्थिर छ । आज एक अमेरिकी डलरको विक्रीदर १३२ रूपैयाँ ०६ पैसा कायम भएको छ । अघिल्लो दिन‌ पनि एक अमेरिकी डलरको विक्रीदर १३२ रूपैयाँ ०६ पैसा थियो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)