काठमाडौं । थारू समुदायले आइतवार धुमधामसँग माघीपर्व मनाएका छन् । पर्वका अवसरमा थारू समुदायले संघीय राजधानी काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
थारू समुदायले स्नान, दान, एवं खानपिन र रमाइलो गरेर यो पर्व मनाएका हुन् । आजको दिनलाई थारू समुदायले नयाँ वर्षका रूपमा पनि मनाउँछन् ।
तराई क्षेत्रमा माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ यो पर्व मनाइन्छ ।