ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चराको संख्या बढ्यो : पानीमा आश्रित पाँच प्रजातिका चरा नभेटिँदा चराविद् चिन्तित 

२०७९ माघ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । हरेक बर्ष देशभर गणना गरिंदै आएको चरागणना सकिएको छ ।  गत वर्ष भन्दा यो वर्ष चराको संख्या बढेको पाईएको छ । गत वर्ष १२ हजार ७७७ गणना गरिएकोमा अहिले १६ हजार १६५ चरा भेटिएको छ ।

अघिल्लो आइतबारबाट चितवनमा गरिएको चरा गणना सकिएको छ । जनवरी ८ र ९ गते चितवनमा गरिएको चरा गणनामा पाँच प्रजातिको चरा नभेटिएको संरक्षणकर्मीले बताएका छन ।

यो बर्ष पाँच प्रजातिका चरा नभेटिएपछि संरक्षणकर्मी, चराविद चिन्तित भएका हुन्  ।  वातावरण तथा पानीमा  प्रदुषण तथा जलवायु परिवर्तनका कारण पानी आश्रित चराहरु घटेको उनीहरुको भनाई छ । 

चितवनमा वर्ल्ड एजुकेशन सोसाइटीले चरा गणनाको संयोजन गरेको छ । लोथरबाट जिन्दगानीघाट, जिन्दगानीघाटबाट सौराहाघाट र सौराहाघाटदेखी कसरापुलसम्म तीन वटा अलग अलग टोली खटाएर एकैसाथ गणना गर्न लागिएको सोसाइटीका अध्यक्ष  टीकाराम गिरीले  जानकारी दिए । 

निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिन्छ । त्यस्तै ढुङ्ग्रे खोला बुढी राप्ती, बिसहजारी ताल, माडीको रिउ खोलामा पनि गणना गरिएको छ  । 
समुहगत चरणमा जीप , डुंगा र पैदल गरी बाइनाकुलर, दुरविन टेलिस्कोपद्धारा चरा गणना गर्ने गरिन्छ ।

यस बर्षको चरा गणनामा पानीमा आश्रित पाँच प्रजातिका चरा नभेटिएको गिरीले बताए । ‘गतबर्षहरु भन्दा अहिले पानीमा आश्रित पाँच प्रजातिका चरा घटेका छन तर कुल संख्यामा भने कमी भएको छैन । ’उनले भने । 

गिरीका अनुसार सुनजुरी हाँस, कैलो टाउके, हलीमुख चरा, थारव , लालचुडे चखेवा यसबर्ष  नभेटिएको हो । पानीमा आश्रित चराका लागि खोलानाला प्रदुषण, मानवीय चाप, आहारा कमीका कारण नभेटिएको उनको भनाई छ ।

चितवनमा गतसाल पानीमा आश्रित ५४ जातिको चरा भेटिएको र यो बर्ष ४९ जातिको चरा भेटिएको छ । गत साल १२ हजार ७७७ गणना गरिएको र अहिले १६ हजार १६५ चरा भेटिएको उनले जानकारी दिए ।

‘आईतवार हामीले सार्वजनिक गरिएको तथ्यांकमा पानीमा ७ हजार ४७५ र पाखामा  ८६९२ चरा गणना भएको छ,’ उनले भने । बिशेष गरी चराविद ,संरक्षणकर्मी ,नेचर गाईड, चराप्रेमीहरुको सहभागितामा चरा गणना गर्ने गरिन्छ । 

राष्ट्रिय संयोजक हिमालयन नेचर संस्थाको संयोजनमा देशभर चरा गणना गरिएको हो ।  विश्वमा पानीमा आश्रित चराको अवस्था, चोरी शिकारी तथा चरीचरणको अवस्थाको बारेमा जानकारी हुने उद्धेश्यले चरा गणना गरिंदै आएको छ ।

नेपाल पंक्षी विद संघका  वागमती प्रदेश संयोजक बासु विडारीले गत बर्ष तुलनामा यो बर्ष घटेको कारण आफुहरु चिन्तित भएको उनले बताए । ‘चखेवाहरुको संख्या चाहिं बढ्यो तर अन्य पाँच प्रकारका चरा चाहिं अहिले देखिएनन,’ उनले भने  । 

तालतलैया, खोला नदी सुकेका कारण नेपालमा मात्र नभई विश्वभरनै घटेको उनको भनाई छ । चराको प्रजाति र संख्या बढेसँगै अन्य जनावरहरुको संख्या  पनि बढ्ने सुचक हुने उनले बताए । चराको संख्या बढाउन खोलामा ढल, र कारखानाबाट निस्कने फोहोरहरु अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्ने उनले बताए । 

‘यसको संख्या बढाउन ग्लोबल वार्मिङ्ग, पानीमा प्रदुषण र ओभर फिसिङ्ग ( माछा मार्ने) गर्नु भएन ।’ विडारीले भने । देशभर ८९२ प्रजातिका चरा र चितवनमा मात्रै ६५२ प्रजातिका चरा पाईन्छन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)