ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालबाट ५ वर्षमा साढे २ अर्बको अम्रिसो निर्यात, ‘बन्जर जमिनमा रोपेर २० वर्षसम्म उत्पादन'

२०७९ माघ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालबाट पछिल्लो ५ वर्षमा साढे २ अर्ब रुपैयाँ मूल्य बराबरको अम्रिसो निर्यात भएको छ । मुख्य गरी कुचो बनाउन प्रयोग हुने अम्रिसो नेपालबाट भारत, बंगलादेशलगायत एशियाली देशमा निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा नेपालले २१ करोड ३० लाख रुपैयाँ बराबरको ४२ लाख ६५ हजार किलोग्रामभन्दा बढी अम्रिसो निर्यात गरेको छ ।

गत आवको सोही अवधिमा नेपालले १९ करोड २० लाख रुपैयाँ बराबरको ३८ लाख ९२ हजार किलोग्रामभन्दा बढी अम्रिसो निर्यात गरेको थियो ।

चालू आवमा गत आवको सोही अवधिको तुलनामा १० प्रतिशतले निर्यात बढेको छ ।

नेपालमा कहाँकहाँ हुन्छ अम्रिसो खेती ?
अम्रिसो नेपालको मध्य तथा पूर्वी भेगमा बढी मात्रामा पाइन्छ । ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटालगायत जिल्लामा कृषकको आम्दानीको मुख्य स्रोतमध्ये अम्रिसो पनि एक हो । नेपालमा उत्पादित कुचो देशका विभिन्न शहरका अतिरिक्त भारत र बंगलादेशमा समेत निकासी गर्दै आएको अम्रिसो व्यवसायी रजिया बानुले आर्थिक अभियानलाई बताइन् ।

अहिले अम्रिसो प्रतिकिलो मूल्य १ सय ५० देखि २ सय रुपैयाँसम्म पर्छ । १ किलो अम्रिसोले २ ओटासम्म कुचो बनाउन सकिन्छ । तयारी कुचो प्रतिगोटा सयदेखि १ सय २० रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनले बताइन् ।

उनका अनुसार नेपालमा उत्पादन भएको अम्रिसो ९० प्रतिशत भारतमा निर्यात हुने गरेको छ । भारतमा अम्रिसोबाट विभिन्न  सामग्री उत्पादन गरिने भएकाले पनि यसको निर्यात बढेको उनको भनाइ छ ।

अम्रिसो धेरैजसोले पहिरो रोकथामका लागि लगाउने गर्छन् । पहिरो रोकथामसँगै यसबाट राम्रै आम्दानी हुने भएकाले अहिले अन्य खेती नहुने खोलाकिनारमा किसानले अम्रिसो खेती गरिरहेको पाइन्छ ।

अम्रिसो एक प्रकारको कच्चा पदार्थ हो । यसबाट कुचो र कागज बनाउनुका साथै धूलो बायोग्यासमा प्रयोग हुन्छ । पछिल्लो समय स्थानीय सरकारले अम्रिसोको व्यावसायिक खेतीलाई प्रोत्साहन गरिरहेको बानुले बताइन् । अम्रिसो एकपटक रोपेपछि खासै मलजल गर्नु नपर्ने, एउटै बोटले १५ देखि २० वर्षसम्म उत्पादन दिने र यसको हेरचाह तथा स्याहारसुसारमा खासै खर्च गर्नु नपर्ने भएकाले किसान यसको खेतीतर्फ आकर्षित भइरहेको बानुको अनुभव छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)