ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० अर्ब बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक, ब्याजदर घटाउने र कर्जा विस्तार गर्ने लक्ष्य

२०७९ माघ, ५  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । यतिबेला माघ ५ गतेबाट लागू हुने गरी १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

बैंकले  यसअघि गत पुस १४ गते ५० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो । उक्त रिपो वर्षकै सबैभन्दा कम ब्याजदर ८ प्रतिशत हाराहारीमै विक्री भएको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले माघ १ गतेबाट लागू  हुने गरी बचतको ब्याजदर घटाइसकेका छन् । अब कर्जाको ब्याजदर घटाउने स्थिति सृजना गरेर कर्जा विस्तारको लक्ष्य हासिल गर्न राष्ट्र बैंकले मौद्रिक उपकरणहरू चलाएको बैंकको भनाइ छ ।

अहिले बैंंकहरूसँग तरलता सुविधा भए पनि केही बैंकसँग कर्जा विस्तार गर्न सक्ने क्षमता नभएको राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोखरेलले बताए । अर्कोतर्फ अहिलेकै ब्याजदरमा कर्जा विस्तार हुन नसक्ने पनि राष्ट्र बैंकको निष्कर्ष छ । त्यसैले ब्यजादर घटाउन र मौद्रिक नीतिले लक्षित गरेको कर्जा विस्तारको लक्ष्य हासिल गर्न राष्ट्र बैंकले मौद्रिक उपकरण चलाएको पोखरेलको भनाइ छ ।

पुस १४ गते जारी ४५ दिन अवधिको रिपो आगामी माघ २९ गतेसम्म परिपक्व हुँदै छ । त्यस्तै आज जारी भएको रिपो भने माघ १९ गते नै परिपक्व हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)