ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा आयात हुने स्याउको परिमाण र मूल्य दुबै घट्यो, बजारमा भने सस्तिएन

२०७९ माघ, १३  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालले चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीनामा ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको स्याउ आयात गरेको छ । विदेशबाट साढे ३ अर्बको स्याउ आयात गर्दा सरकारले ४० करोड ५ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन पाएको छ ।

नेपालले ६ महीनामा आयात गरेको स्याउको परिमाण ४ करोड ६२ लाख ९७ हजार ५२ किलो छ । यो भनेको औसत ७५ रुपैयाँ किलोका दरले स्याउ आयात भएको देखिन्छ ।

गत वर्षको सोही अवधिमा भने नेपालले ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको ४ करोड ८९ लाख ९९ हजार ९८९ किलो स्याउ आयात गरेको थियो । यतिबेला नेपालले औसत ७८ रुपैयाँ किलोका दरले स्याउ आयात गरेको थियो ।

गत वर्षको तुलनामा यो वर्ष स्याउको आयात सँगै मूल्य पनि घटेको छ । गत वर्षको सोही अवधिको तुलामा यो वर्ष स्याउको आयात ८ प्रतिशतले घटेको छ  भने मूल्य प्रतिकिलो ३ रुपैयाँका दरले घटेको छ । तर बजारमा भने उपभोक्ताले मूल्य झनै बढेको अनुभव गरेका  छन् ।

कुलेश्वर फलफूल बजारका व्यवसायी अमर बानियाँले विगतका वर्षहरूको तुलनामा यो वर्ष आन्तरिक उत्पादन बढेकाले स्याउ आयात घटेको बताए ।

उनले भने, 'पहिला पहिला सिजनमा पनि भारत र चीन कै स्याउ ले बजार  भरिन्थ्यो तर अहिले नेपाली उतपादन पनि छ ।'

उनको अनुभवमा अहिले स्याउको मात्र नभएर अन्य फलफूलको पनि आयात घटेको छ ।

नेपालले भारत,चीन र अमेरिकाबाट स्याउ आयात गर्ने गरेको छ । यो अवधिमा सबै भन्दा धेरै स्याउ भारत बाट १ अर्ब ९२ करोड रुपैयाँ बराबरको २ करोड ९२ लाख ५३ हजार ६३८ किलो स्याउ आयात गरेको छ ।
त्यस्तै चीन बाट १ अर्ब ५७ करोड रुपैयाँ बराबरको १ करोड ७०  लाख २२ हजार ८३४ किलो स्याउ आयात गरेको छ ।

त्यसैगरी अमेरिका बाट ५० लाख ३४ हजार रुपैयाँको २० हजार ५८० किलो स्याउ आयात गरेको भन्सार  विभागको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)