ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्वाधार निर्माणपछि पर्यटकको आकर्षण बढ्यो

२०७९ माघ, १५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरूमा पछिल्लो समय पूर्वाधार निर्माण र प्रचारप्रसारले तीव्रता पाएपछि पर्यटक आगमन पनि बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिकाका ऐतिहासिक ज्यामरुककोट, पुलाचौर, पछै, सिंगातातोपानी, मालिका गाउँपालिकाको देवीस्थान, मंगला गाउँपालिकाको बरंजा, अन्नपूर्ण गाउँपालिकाको खोपरा लगायत पर्यटकीय स्थलमा धमाधम पूर्वाधार निर्माण भइरहेका छन् ।

पछिल्लो समय पर्यटकीय स्थलको रूपमा विकास भएको म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको पर्यटकीय स्थल गाईखर्क ताल जाने सडक निर्माण भएको छ ।

वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजित २ लाख र स्थानीयको ५० हजार रुपैयाँ बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र राना मगरले जानकारी दिए ।

उनका अनुसार देवीस्थानको हाँस खोलादेखि गाईखर्कसम्मका लागि ७५० मिटर सडक निर्माण गरिएको छ । पछिल्लो समय पर्यटकीय स्थलको रूपमा विकास भइरहेको तालको पर्यटन प्रवर्द्धनका लागि मोटरबाटो निर्माण गरिएको वडाका पूर्वअध्यक्ष पिपला बुढाथोकी मगरले बताए ।

तालमा घुम्न आउने पर्यटकलाई लक्षित गरी वडा कार्यालयबाट बजेट विनियोजन गरी मन्दिर निर्माण कार्य शुरू भएको उनले बताए । गाउँपालिकाभित्रका पर्यटकीय स्थलहरूमा पर्यटकको सेवा सुविधालगायत अन्य आवश्यक भौतिक पुर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको मालिका गाउँपालिकाले बताएको छ ।

गाउँपालिकाभित्र रहेका हरेक पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न गाउँपालिकाले ठूलो लगानी गरेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्रदेश सरकारको आर्थिक सहयोगमा दुईओटा होमस्टे सञ्चालनमा ल्याइएको छ ।

त्यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोटको ऐतिहासिक स्थल खड्गभवानी कोत परिसरलाई पर्यटकीय स्थल बनाउन वडा कार्यालय, नगरपालिका र गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण गरिरहेका छन् । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको १४ लाख ९९ हजार ४८६ रुपैयाँ र उपभोक्ताको ३ लाख ६५ हजार ५९९ रुपैयाँ बराबरको श्रमदानबाट २५० मिटर पदमार्ग निर्माण गरिएको हो । सिमेन्ट ढलानसहितको सिँडी निर्माण गरिएको छ ।

पदमार्गको १९० मिटरमा दुवैतर्फ रेलिङ हालेर पदमार्गलाई व्यवस्थित पारिएको छ । २५ मिटर कठिन पहरा फुटालेर दुई मिटर फराकिलो पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले बताए । पदमार्ग निर्माण भएपछि कोतमन्दिरमा पुग्न सहज भएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)