ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विकास निर्माणको कार्य नहुँदा पेट्रोलियम पदार्थको आयात घट्यो

२०७९ फागुन, ११  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रतिक्षा कडेल

काठमाडौं । पछिल्लो समय आयात हुने वस्तुमा सबैभन्दा धेरै हिस्सा भएको पेट्रोलियम पदार्थको आयात सात महीनायता घटेको छ । नेपालले चालू आर्थिक वर्षको साउनदेखि माघसम्म १ खर्ब ७० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको भन्सार विभागले जानकारी दिएको छ ।

गत वर्षको ७ महीनामा नेपालले १ अर्ब ४८ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको थियो । मूल्य बढे पनि परिमाण भने घटेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उक्त मूल्यको नेपालमा बर्सेनि बढिरहेको पेट्रोलियम पदार्थको माग पछिल्लो समय घट्न थालेको उपाध्यायले जानकारी दिए । 

प्रवक्ता विनितमणिका अनुसार चालु आर्थिक वर्षमा विकासका कार्य नभएकाले पेट्रोलियम पदार्थको आयात घटेको बताउँछन् । 
मूल्य बढी
नेपालमाभन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य कम हुने गरेको छ । पछिल्लो केही महीनादेखि भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी हुँदै आएको छ । यसले गर्दा यसको खपतमै कमी आएको उपाध्यायले बताए । उनले भने, ’नेपालमा डिजेलमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म र पेट्रोलमा २० देखि २२ रुपैयाँसम्म महँगो छ, यसले गर्दा हाम्रोमा विक्री पनि कम भइरहेको छ । त्यसैले गर्दा हाम्रो आयात पनि घटेको छ ।’ उनका अनुसार अहिले दैनिक २० लाख लिटर पेट्रोलको खपत छ भने ४० लाख लिटर डिजेलको खपत रहेको छ । 
कुन पदार्थको आयात कति ?
नेपालले चालू अर्थिक वर्षको ७ महीनामा सबै पेट्रोलियम पदार्थको आयात घटेको तथ्याकंले जनाउँछ । गत वर्षको ७ महीनाको तुलनामा यो आवको ७ महीनामा पेट्रोलियम पदार्थको आयात ६३.८६ प्रतिशतले आयात घटेको भन्सार विभागले जानकारी दिएको छ । चालु आवको ७ महीनामा ३ लाख ८७ हजार ६५१ किलोलिटर पेट्रोल, ६ हजार ६४ किलोलिटर मट्टितेल, १ लाख २ हजार ९९२ किलोलिटर हवाई इन्दन, ६ लाख ७९ हजार ८०२ किलोलिटर डिजेल र २ लाख ९३ हजार ९२२ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको छ । 

पेट्रोलियम पदार्थको आयात गत आव र यो आव
 

  आव ७९/८०(७ महीना)   आव ७८/७९(७ महीना)  
पेट्रोलियम पदार्थ परिमाण मूल्य परिमाण मूल्य
पेट्रोल  387651 38733316 421172 33565503
मट्टितेल 6064 781041 9512 744462
हवाई इन्धन 102992 12976014 2360012 6407507
डिजेल 679802 84616417 968557 72961964
एलपिजी 293922 33342932 309756 34694246

७ प्रतिशतले राजस्वमा कमी
सरकारको राजस्व संकलनको लक्ष्यमा ठूलो हिस्सा रहेको इन्धनको विक्री कम हुँदा आयातमा समेत गिरावट आई सरकारको राजस्व संकलनमा पनि असर परेको छ  । चालू आर्थिक वर्ष ०७९/८० को माघ मसान्तसम्म २ खर्ब १२ अर्ब १२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको भन्सार विभागले जानकारी दिएको छ । 

विभागका अनुसार चालू आवको साउनदेखि माघ मसान्तसम्म ५६ अर्ब ८८ करोड १७ लाख १८ हजार रुपैयाँ राजस्व उठेको छ  । गत आर्थिक वर्षको सोही अवधिमा पेट्रोलियम आयातले गर्दा ६१ अर्ब ६९ करोड ८५ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । गत आवको तुलनामा यो आवको सो अवधिमा राजस्व संकलन ७ दशमलभ ८० प्रतिशतले घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)