ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७ महीनामा ६३ % घट्यो पेट्रोलियम पदार्थको आयात

हवाई इन्धनको आयात ९५ % कम

२०७९ फागुन, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को ७ महीनामा नेपालमा पेट्रोलियम पदार्थको आयात ६३ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको साउन–माघको तुलनामा चालू आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयात ६३.८६ प्रतिशतले घटेको हो । हवाई इन्धनको आयात ह्वात्तै घट्दा पेट्रोलियम पदार्थको आयात परिणाम उच्च दरमा घटेको हो । 

भन्सार विभागको तथ्यांक अनुसार गत आवको तुलनामा चालू आवमा हवाई इन्धनको परिणाम ९५.६३ प्रतिशतले घटेको छ । गत आवको साउन–माघमा २३ लाख ६० लाख १२ किलोलिटर आयात भएको हवाई इन्धन चालू आवको सोही अवधिमा १ लाख २ हजार ९९२ किलोलिटर मात्रै आयात भएको छ । 

हवाई इन्धनसँगै अन्य पेट्रोलियम पदार्थको आयात पनि चालू आवको समीक्षा अवधिमा घटेको छ । चालू आवको ७ महीनामा ३ लाख ८७ हजार ६५१ किलोलिटर पेट्रोल, ६ हजार ६४ किलोलिटर मट्टितेल, ६ लाख ७९ हजार ८०२ किलोलिटर डिजेल र २ लाख ९३ हजार ९२२ मेट्रिक टन एलपी ग्यास आयात भएको छ । 

गत आवमा भने ४ लाख २१ हजार १७२ किलोलिटर पेट्रोल, ९ हजार ५१२ किलोलिटर मट्टितेल, ९ लाख ६८ हजार ५५७ किलोलिटर डिजेल, २३ लाख ६० लाख १२ किलोलिटर हवाई इन्धन र ३ लाख ९ हजार ७५६ मेट्रिक टन एलपी ग्यास आयात भएको छ । 

आयातबाट बाहिरिने रकम बढ्यो 

यो अवधिमा आयात परिणाम घटे पनि यसबाट बाहिरिने रकम भने बढेको छ । गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट १ अर्ब ४८ अर्ब रुपैयाँ बाहिरिएकोमा चालू आवको सोही अवधिमा १ खर्ब ७० अर्ब रुपैयाँ बाहिरिएको छ । 

गत र चालू आवमा आयात कति ? 

इन्धन  आव ०७९/०८० (७ महीना) आव ०७८/०७९ (७ महीना)
पेट्रोलियम पदार्थ परिमाण मूल्य रुपैयाँमा परिमाण मूल्य रुपैयाँमा
पेट्रोल  387651 किलि 38733316 421172 किलि 33565503
मट्टितेल 6064 किलि 781041 9512  किलि 744462
हवाई इन्धन 102992 किलि 12976014 2360012 किलि 6407507
डिजेल 679802 किलि 84616417 968557 किलि 72961964
एलपिजी 293922 मेट्रिक टन 33342932 309756 मेट्रिक टन 34694246

स्रोत : भन्सार विभाग

‘विकास निर्माण नहुँदा घट्यो’ 

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले विकास निर्माणका कार्य नहुँदा चालू आवमा पेट्रोलियम पदार्थको आयात घटेको बताए । पूँजीगत खर्च पर्याप्त नहुँदा विकास निर्माणका कार्य प्रभावित भएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार चालू आवको ७ महीनाको पूँजीगत खर्च १८ प्रतिशत मात्रै छ । 

पेट्रोलियम पदार्थको आयात घट्नुमा विकास निर्माण नहुनुको असर मात्रै छैन, नेपालको तुलनामा भारतमा पेट्रोलियम पदार्थको मूल्य कम हुनुको असर पनि देखिएको छ । प्रवक्ता उपाध्याय पनि यो कुरा स्वीकार्छन् । उनका अनुसार पछिल्लो केही महीनायता नेपालको तुलनामा भारतले डिजेलमा प्रतिलिटर २५–३० र पेट्रोलमा २०–२२ रुपैयाँ सस्तो दिँदै आएको छ । ‘यसले गर्दा हाम्रोमा विक्री पनि कम भइरहेको छ । त्यसले गर्दा आयात पनि घटेको छ,’ उनले भने । 

भारतमा मूल्य सस्तो भएपछि सीमावर्ति क्षेत्रमा बासिन्दा सवारी साधनमा पेट्रोल–डिजेल हाल्न भारतीय सीमावर्ति बजार पुग्ने गरेका छन् । 

घट्यो राजस्व 

नेपालमा आयात हुने वस्तुमा सर्वाधिक हिस्सा पेट्रोलियम पदार्थको छ । चालू आवको ७ महीनामा यसको आयात घट्दा राजस्व संकलनमा पनि असर परेको छ । भन्सार विभागका अनुसार चालू आवको साउन–माघमा पेट्रोलियम पदार्थको आयातबाट ५६ अर्ब ८८ करोड १७ लाख १८ हजार रुपैयाँ राजस्व उठेको छ  । गत आवको सोही अवधिमा यो रकम ६१ अर्ब ६९ करोड ८५ लाख ७१ हजार रुपैयाँ थियो । अर्थात् गत आवको तुलनामा चालू आवमा ७ दशमलव ८० प्रतिशत राजस्व घटेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)