ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव छलफलका लागि स्वीकृत, आजै निर्णयार्थ पेस हुने

२०७९ फागुन, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव प्रदेशसभा बैठकमा छलफलका लागि स्वीकृत भएको छ । प्रदेशसभाको बुधवारको बैठकले उक्त प्रस्ताव छलफलका लागि स्वीकृत गरेको हो । 

यस्तै, बैठकले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–सगरमाथा’ राख्ने प्रस्ताव भने प्रदेशसभामा छलफलका लागि अस्वीकृत गरेको छ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले उक्त नामबारे छलफलका लागि संसद सचिवालयमा दर्ता गराएका थिए । 

प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव भने नेपाली कांग्रेस र नेकपा एमालले संसद सचिवालयमा दर्ता गराएका थिए । उक्त प्रस्तावमाथि प्रदेशसभामा छलफल जारी छ । 

प्रदेशसभामा नाममाथिको छलफल सकिएपछि उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ । यो अवस्थामा उक्त प्रस्तावले दुई तिहाइ सांसदको समर्थन पाए प्रदेश १ को नाम ‘कोशी’ रहनेछ । आजको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरणसम्बन्धी प्रस्तावबारे निर्णय गर्ने कार्यसूची छ । 

कोशी प्रदेश हुनु पर्ने प्रस्तावको प्रस्तावक एमालेका रामबहादुर मगर छन् भने समर्थकमा कांग्रेसका भूमि प्रसाद राजवंशी छन् । 

प्रदेशको नामाकरणको छलफल प्रदेशसभामा चलिरहँदा बाहिर हुन सक्ने अवाञ्छित गतिविधि रोक्न सुरक्षा मजबुत बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले समेत सूचना जारी गर्दै विरोध प्रदर्शन हुने सम्भावित स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)