ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाभांश नै नदिएका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण किन ?

२०७९ फागुन, १८  
लगानी समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीमा सबैभन्दा बढी संख्या जलविद्युत् कम्पनीको छ । हाल नेप्सेमा ६३ जलविद्युत् कम्पनी सूचीकृत छन् । आगामी दिनमा धितोपत्र बजारमा भित्रिन लागेका कम्पनीको संख्या हेर्दा पनि जलविद्युत् क्षेत्रकै वर्चस्व देखिन्छ ।

पछिल्ला वर्षहरूमा धितोपत्रको दोस्रो बजारमा भएको कारोबारको अवस्था हेर्दा लगानीकर्ताको आकर्षण जलविद्युुत् क्षेत्रका कम्पनीकै शेयरमा देखिन्छ । तर, यस क्षेत्रका कम्पनीको लाभांश वितरण स्थिति हेर्दा सूचीकृत ६३ कम्पनीमध्ये १८ ओटाले मात्रै गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गरेका छन् ।

हालसम्म सूचीकृत ४६ जलविद्युत् कम्पनीले लाभांश दिएका छैनन् । वित्तीय अवस्था पनि सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता किन बढी आकर्षित भए ? आम चासोको विषय बनेको छ । राम्रा वित्तीय अवस्था भएका र निरन्तर लाभांश वितरण गर्ने जुनसुकै क्षेत्रका कम्पनीको शेयरमा लगानी गर्नु सुरक्षित मानिन्छ । तर, खुद नोक्सानीमा रहेका, अझै केही वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा रहेका कम्पनीको शेयर किन्नु कत्तिको सुरक्षित हुन्छ त ? पछिल्लो समय दीर्घकालीनभन्दा पनि अल्पकालीन रूपमा लगानी गर्ने लगानीकर्ताको संख्या बढेकाले जलविद्युत् क्षेत्रका कम्पनीको शेयरमा बढी आकर्षण देखिएको नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

लगानीकर्ताले कम्पनीको आधारभूत पक्ष लाभांशभन्दा बढी बजारको ट्रेन्ड हेरर लगानी गर्ने भएकाले जलविद्युत् क्षेत्रका कम्पनीको शेयरमा उनीहरूको आकर्षण बढी देखिएको पोखरेलको भनाइ छ । यसका साथै थोरै कित्ता शेयर भएका कम्पनीमा ठूला लगानीकर्ताले लगानी बढाउँदा पनि यसको सकारात्मक असर जलविद्युत् कम्पनीको शेयरमा देखिएको हो । नेपाल इन्भेस्टर्स फोरमका महासचिव दुर्गा तिवारी कुनै समय अंकित मूल्यभन्दा तल रहेको जलविद्युत् कम्पनीको शेयर मूल्य पछिल्लो समय निकै माथि पुगेको बताउँछिन् । ‘लगानीकर्ताले क्षेत्र परिवर्तन गरी लगानी गर्न रुचाउने हुँदा पछिल्ला वर्षहरूमा जलविद्युत् समूहप्रति बढी आकर्षित भएका हुन्,’ उनी भन्छिन्, ‘पहिला यो क्षेत्रमा सीमित कम्पनी थिए, अहिले आएर यो क्षेत्रका कम्पनीको वर्चस्व भइसक्यो ।’

बजारको अवस्था हेर्दा पछिल्ला केही वर्ष जलविद्युत् समूहले नै बजारलाई डोर्‍याएको तिवारीको बुझाइ छ । यसका साथै पछिल्लो समय जलविद्युत् कम्पनीहरूले कर्जा तिर्नकै लागि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्थाले पनि लगानीकर्ता बढी आकर्षित बनेको तिवारीको भनाइ छ । अर्को कारण कम पूँजी भएका र प्रोमोटर शेयर पब्लिकमा परिणत नभएका कम्पनीका शेयर मूल्य बढेको तिवारी बताउँछिन् ।

लगानीकर्ताले कम्पनीको वित्तीय विवरणलगायत लाभांशलाई राम्रोसँग केलाएर लगानी गर्न नसके दुःखले आर्जन गरेको रकम गुमाउन सक्ने भएकाले धेरै कुरा विचार गरेर मात्रै लगानी गर्नुपर्ने विश्लेषक बताउँछन् । शेयरबजार सधैं बढ्ने वा घट्ने हुँदैन । यी दुई ट्रेन्डलार्ई राम्रोसँग नियालेर लगानी गर्न सके लगानी सुरक्षित हुने सम्भावना बलियो हुने विश्लेषहरूको भनाइ छ ।

१८ कम्पनीको मात्रै लाभांश
नेप्सेमा सूचीकृत ६३ जलविद्युत् कम्पनीमध्ये १८ कम्पनीले मात्रै लाभांश दिने निर्णय गरेका छन् । लाभांश वितरणको निर्णय गरेका कम्पनीमध्ये युनाइटेड मोदी र ङादी ग्रूप पावरबाहेक सबैले वार्षिक साधारणसभामार्फत पारित गरिसकेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)