ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्ताङमा हिमपात : वर्षासँगै जाडो बढ्यो

२०७९ फागुन, २५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रमा हिमपात भएको छ । बुधवार बिहानदेखि यो वर्षकै पहिलो हिमपात भएपछि मुस्ताङबासी खुशी भएका छन् । बदलिँदो मौसमसँगै हिमपात हुँदा स्थानीय कृषक तथा पर्यटक हर्षित भएका हुन् ।

तल्लो क्षेत्रमा पनि हल्का हिउँ पर्न थालेको र चिसो अत्यधिक बढेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भइरहेको छ । तल्लो भेगमा सामान्य र उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ ।

हिउँदयाम सकिएर गर्मीयाम शुरू हुने समयमा मुस्ताङमा हिमपात भएको हो । गर्मीयाम शुरू भएकाले तल्लो क्षेत्रमा भएको हिमपात जमीनमा जम्न सकेको छैन ।

हिमपातले डाँडा र खर्क सेताम्मे बनेका छन् । हिमपात बढ्दै गएमा बुधवार रातीसम्ममा मुस्ताङ हिमपातले ढाकिएर सेताम्मे बन्न सक्ने स्थानीयबासीको अनुमान छ ।

मुक्तिनाथ दर्शन तथा मुस्ताङ घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत हिउँ अवलोकन गर्दै रमाउन थालेका छन् । हिउँ परेपछि कृषकहरू समेत खुशी भएका छन् । हिउँदयाममा वर्षा र हिमपात नहुँदा जमीन सुख्खा भएर खेतीसमेत फस्टाउन नसकेको अवस्थामा हिमपात भएकाले सिँचाईंको लागि राहत भएको कृषकहरूको भनाइ छ ।

हिमपातले मुस्ताङका कृषकलाई आशिंक राहत दिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । स्याउ बगैंचा र अन्य अन्नबालीको व्यवस्थापनको समयमा हिमपात हुँदा कृषकले लगाएको अन्नबाली फस्टाउने केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)