ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढी बोनसदरका बीमालेखमै कम आकर्षण किन ?

२०७९ फागुन, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रकाश जोशी

काठमाडौं । जीवन बीमा कम्पनीका बढी बोनसदर भएका बीमा योजनाहरूमा सर्वसाधारणको आकर्षण निकै कम देखिएको छ । अर्को शब्दमा बीमा कम्पनीहरूले निकै थोरै ग्राहकमात्र आउन सक्ने योजनामा बढी बोनसदर कायम गरेको पाइन्छ ।

बढी बोनसदर निर्धारण गरिएका बीमा योजनामध्ये सबैभन्दा धेरै विक्री भएको मेट लाइफ इन्सोरेन्सले आर्थिक वर्ष २०७८/७९ मा २१ वर्ष वा सोभन्दा बढी अवधिको लागि ल्याएको शिक्षा संरक्षण बीमा योजना हो । यो योजनामा प्रतिहजारमा ८० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । यो पोलिसी उक्त आर्थिक वर्षमा ४ हजार ८६२ ओटा विक्री भएको देखिन्छ ।

कम बोनसदर भएका बीमालेख भने योभन्दा निकै बढी परिमाणमा विक्री भएको देखिन्छ । यसको उदाहरण नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिहजारमा ६० रुपैयाँ बोनसदर तोकेको सावधिक जीवन बीमा (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु केटाकेटी, बाल शिक्षा योजना, जीवनलक्ष्मी) योजना हो । उक्त पोलिसी सो आर्थिक वर्षमा २ लाख ९९ हजारभन्दा बढी विक्री भएको थियो ।

ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष (आव) २०७८/७९ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष र त्यसभन्दा बढी अवधिको सावधिक बीमालेख योजना र सावधिक तथा आजीवन बीमालेख योजनामा दिएको थियो । यी दुवै योजनाअन्तर्गत प्रतिहजारमा ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक बीमालेख योजनामा ३०० पोलिसी र सावधिक तथा आजीवन बीमालेख योजनामा १८७ पोलिसी उक्त आवमा विक्री भएका छन् ।

सूर्या लाइफ इन्स्योरेन्सले आव २०७८/७९ मा सबैभन्दा बढी बोनसदर २५ देखि २९ वर्षको एवं ३० र त्यसभन्दा माथिको चौरासी पूजा अग्रिम एकल भुक्तानी योजनामा दिएको थियो । यी दुवै योजनाअन्तर्गत प्रतिहजारमा ९० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । यसमा २५ देखि २९ वर्षको चौरासी पूजा अग्रिम एकल भुक्तानी योजनामा कुनै पोलिसी विक्री भएनन् भने ३० र त्यसभन्दा माथिको चौरासी पूजा अग्रिम एकल भुक्तानी योजनामा दुईओटा पोलिसी उक्त आवमा विक्री भएको छ ।

सानिमा लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर २५ वर्षदेखि माथिको सावधिक जीवन बीमा योजना (रेगुलर) र सावधिक तथा आजीवन बीमा योजनामा दिएको थियो । यी दुवै योजनाअन्तर्गत प्रतिहजारमा ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक जीवन बीमा योजना (रेगुलर) मा २२४ पोलिसी र सावधिक तथा आजीवन बीमा योजनामा ७३ ओटा पोलिसी उक्त आवमा विक्री भएको छ ।

युनियन लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष वा त्यसभन्दा माथिको सावधिक तथा आजीवन जीवन बीमा योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ७३ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक तथा आजीवन जीवन बीमा योजनामा १८४ पोलिसी उक्त आवमा विक्री भएका छन् ।
आइएमई लाइफ इन्स्योरेन्सले आव २०७८/७९ मा सबैभन्दा बढी बोनसदर ३० वर्ष र त्यसभन्दा माथिको सावधिक तथा सामूहिक जीवन बीमालेख र सावधिक/अग्रिम भुक्तानी तथा आजीवन बीमालेख योजनामा दिएको थियो । यी दुवै योजनाअन्तर्गत प्रतिहजारमा ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक तथा सामूहिक जीवन बीमालेख योजनामा १४६ पोलिसी र सावधिक/अग्रिम भुक्तानी तथा आजीवन बीमालेख योजनामा १० पोलिसी उक्त आवमा विक्री भएका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्सले आव २०७८/७९ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष वा त्यसभन्दा बढी अवधिको नवीन आजीवन जीवन बीमा (सावधिक तथा आजीवन) योजनामा दिएको थियो । उक्त योजनाअन्तर्गत प्रतिहजारमा ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । नवीन आजीवन जीवन बीमा (सावधिक तथा आजीवन) योजनामा ६५ पोलिसी सो वर्ष विक्री भएका थिए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर २० वर्ष वा त्यसभन्दा माथिको रिलायबल सावधिक जीवन बीमालेख योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । रिलायबल सावधिक जीवन बीमालेख योजनामा ११९ पोलिसी उक्त आवमा विक्री भएका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर ३० वर्ष वा सोभन्दा माथिको सावधिक (रेगुलर)जीवन बीमालेख योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ७३ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक (रेगुलर) जीवन बीमालेख योजनामा २ पोलिसी उक्त आवमा विक्री भएका छन् । प्राइम लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर २५ वर्षदेखि माथिको अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ८० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९१ पोलिसी उक्त आवमा विक्री भएका छन् ।

एसियन लाइफ इन्स्योरेन्सले आव २०७८/७९ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष वा त्यसभन्दा माथिको सावधिक तथा आजीवन बीमालेख योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक तथा आजीवन बीमालेख योजनामा ७११ पोलिसी उक्त आवमा विक्री भएका छन् ।

मेट लाइफ इन्स्योरेन्सले आव २०७८/७९ मा सबैभन्दा बढी बोनसदर २१ वर्ष वा त्यसभन्दा बढी अवधिको सावधिक जीवन बीमा र शिक्षा संरक्षण बीमा योजनामा दिएको थियो । यी दुवै योजनाअन्तर्गत प्रतिहजारमा ८० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक जीवन बीमा योजनामा १ हजार ५८४ र शिक्षा संरक्षण बीमा योजनामा ४ हजार ८६२ पोलिसी उक्त आवमा विक्री भएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर (२६ देखि ३० वर्ष) र (३० वर्ष वा त्यसभन्दा माथि) अवधिको सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी), सावधिक जीवन बीमालेख (नौलो सुरक्षित जीवन बीमा), सावधिक तथा आजीवन बीमालेख (जीवन साहारा) र अन्य (जीवन साथी) योजनामा दिएको थियो । यी सबै योजनाअन्तर्गत प्रतिहजारमा ८२ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी) योजनामा २६ देखि ३० वर्षमा २ हजार ४७२ पोलिसी र ३० वर्ष वा त्यसभन्दा माथिमा २८१ पोलिसी, सावधिक जीवन बीमालेख (नौलो सुरक्षित जीवन बीमा) योजनामा २६ देखि ३० वर्षमा २३२ पोलिसी र ३० वर्ष वा त्यसभन्दा माथिमा २३८ पोलिसी, सावधिक तथा आजीवन बीमालेख (जीवन साहारा) योजनामा २६ देखि ३० वर्षमा १,८१६ पोलिसी र ३० वा सो भन्दा माथि मा ५९ पोलिसी, अन्य (जीवन साथी) योजनामा २६ देखि ३० वर्षमा २८३ पोलिसी उक्त आवमा विक्री भए भने ३० वर्ष वा त्यसभन्दा माथिमा कुनै पनि पोलिसी विक्री भएका छैनन् ।

नेशनल लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर २६ देखि २९ वर्ष र ३० वर्ष वा त्यसभन्दा माथि अवधिको सावधिक जीवन बीमालेख तथा २६ वर्ष वा त्यसभन्दा माथि अवधिको सावधिक तथा आजीवन बीमालेख योजनामा दिएको थियो । यी दुवै योजनाअन्तर्गत प्रतिहजारमा ८५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक जीवन बीमालेखको २६ देखि २९ वर्षमा २,२८५ पोलिसी, सावधिक जीवन बीमालेखको ३० वर्ष वा त्यसभन्दा माथिमा २ हजार २३० पोलिसी उक्त आवमा काटिए भने सावधिक तथा आजीवन बीमालेखको २६ वर्ष वा त्यसभन्दा माथिमा कुनै पनि पोलिसी विक्री भएन ।

रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष वा त्यसभन्दा माथिको सावधिक बीमा योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक बीमा योजनामा ३३६ पोलिसी उक्त आवमा विक्री भएका छन् ।

गुराँस लाइफ इन्स्योरेन्सले आव २०७६/७७ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष वा त्यसभन्दा माथिको सावधिक तथा आजीवन योजनामा दिएको थियो ।

यो योजनाअन्तर्गत प्रतिहजारमा ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक तथा आजीवन योजनामा ५४ पोलिसी उक्त आवमा विक्री भएका छन् ।

प्रभु लाइफ इन्स्योरेन्सले आव २०७६/७७ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष वा त्यसभन्दा माथि अवधिको सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेख योजनामा दिएको थियो । यी दुवै योजनाअन्तर्गत प्रतिहजारमा ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । सावधिक जीवन बीमालेख योजनामा १५३ पोलिसी र सावधिक तथा आजीवन बीमालेख योजनामा १९ पोलिसी उक्त आवमा विक्री भएका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आवमा २०७६/७७ मा सबैभन्दा बढी बोनसदर (२५ वर्ष वा सोभन्दा माथि) अवधिको सावधिक (३३३)जीवन विद्या (३५२), जीवन साथी (३५७), र जीवन आनन्द (३४२), तथा ३० वर्षदेखि माथि अवधिको बाल सावधिक (३४९) योजनामा दिएको थियो । यी सबै योजनाअन्तर्गत प्रतिहजारमा ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । २५ वर्ष वा त्यसभन्दा माथि अवधिको सावधिक (३३३) जीवन विद्या (३५२), जीवन साथी (३५७) मा ३ हजार ३७० पोलिसी र २५ वर्ष वा सोभन्दा माथि अवधिको जीवन आनन्द (३४२) मा २ हजार ५९१ पोलिसी तथा ३० वर्षदेखि माथि अवधिको बाल सावधिक (३४९)मा १६ पोलिसी उक्त आवमा विक्री भएका छन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आव २०७६/७७ मा सबैभन्दा बढी बोनसदर २६ देखि ३० वर्षसम्मको महालक्ष्मी सावधिक जीवन बीमा योजनामा दिएको थियो । यो योजनाअन्तर्गत प्रतिहजारमा ५२ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । महालक्ष्मी सावधिक जीवन बीमा योजनामा ११ पोलिसी उक्त आवमा विक्री भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)