काठमाडौं । चालू आर्थिक वर्षको ७ महीनामा कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आइतवार सर्वजनिक गरेको वित्तीय विवरणअनुसार असार मसान्तमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो । असार मसान्तको तुलनामा माघ मसान्तमा विनिमय सञ्चिति १३.८ प्रतिशतले बढेको जानकारी दिएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ माघ मसान्तमा १०.२ प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ ।
बैंकका अनुसार उक्त सञ्चितिले आर्थिक वर्ष २०७९/८० को सात महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महीनाको वस्तु आयात र ९.४ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।