ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० नम्बर टावरलाई १५ मिटर सराएपछि समाधान भयो कालीगण्डकी प्रसारण लाईनको विवाद

२०७९ फागुन, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर प्रसारण लाईन अन्तर्गत कुश्मा-बुटवल खण्डको विवाद समाधान भएको छ ।

पर्वतको फलेवास नगरपालिका ६ देबिस्थानमा करीब २ वर्षदेखि टावर विस्तारको काममा अवरोध हुँदै आएकोमा नेपाल विद्युत प्राधिकरण र स्थानीयबीच भएको छलफलपछि विवाद समाधान भएको हो ।

फलेवास रंगशाला र एक विद्यालयमा असर गर्ने भन्दै स्थानीयले अवरोध सिर्जना गर्दै आएका थिए । उक्त खण्डमा लाईन बिस्तारमा बैकल्पिक व्यवस्था गरेपछि विवाद मिलेको हो । 

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा अवरोधले आयोजनाको काम र लागत बढ्दै गैरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आयोजना स्थलमै आएर हाल सर्वे भइरहेको स्थानभन्दा पर सारेर पोल गाड्ने सहमती गराएपछि आयोजनाको अवरोध हटेको हो ।

४ करोड रुपैयाँ बढी खर्च लाग्ने भएपछि निर्माण कम्पनीले टावर सार्न मन गरेको थिएन । घिसिङले स्थलगत अनुमगान गरेपछि  पछि १५ मिटर सम्म टाव 

विवाद मिलाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोष सम्मिलित उच्चस्तरीय टोली स्थलगत निरीक्षण गरी काम अघि बढाउने सहमती गरेका हुन् । 

टोलीमा पर्वतका जिल्ला समन्वय प्रमुख विष्णुराम बिक, फलेवासका नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा कुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, निवर्तमान नगर प्रमुख पदमपाणी शर्मा, प्रहरी नायव उपरीक्षक मधुसोधन न्यौपाने, वडाध्यक्ष नविन श्रेष्ठलगायतको सहभागिता थियो ।

टोलीले प्रसारण लाइन निर्माण स्थलको स्थलगत निरीक्षण गरी स्थानीय बासिन्दाहरुसँग छलफल गरेको थियो ।

टोलीले कालीगण्डकी र यसका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहका लागि यो लाइन महत्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन आग्रह गरेको थियो ।

लाइन अभावमा जलविद्युत् आयोजनाहरुको विद्युत् मुख्य रुपमा वर्षायाममा प्रवाह गर्न नसकिएको भन्दै यसबाट राष्ट्रलाई ठूलो क्षति भइरहेकोले निर्माणमा सहयोग गर्न कार्यकारी निर्देशक कुलमान घिसिङले अनुरोध गरेका थिए ।  

प्रसारण लाइनको टावर सार्न सम्भव भए/नभएको विषयमा प्राविधिक टोलीले ४/५ दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

‘प्रसारण लाइनमुनि विद्यालय पर्छ भन्ने स्थानीयको कुरा थियो तर स्थलगत निरीक्षणबाट मार्गधिकारमा विद्यालय नपर्ने देखिएको छ’ घिसिङले भने, ‘सर्वेक्षण सम्पन्न भएपछि विद्यालयलाई प्राथमिकतामा राखी प्राविधिक रुपमा सम्भव भएसम्म टावरलाई रंगशालाको डिलतर्फ च्यापेर निर्माण गर्ने सहमति भएको छ, रंगशालाभन्दा तल भीर रहेकोले टावर धेरै तलसम्म लैजाने सम्भावना देखिँदैन’ उनले भने ।  

विद्यालयलाई जोगाएर प्राविधिक रुपमा सम्भव भएसम्म रंगशालालाई पनि कम असर पर्ने गरी टावर निर्माण गरिने घिसिङको भनाइ छ ।

कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरू गरिएको हो ।

आयोजना अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ दशमलव ६ किलोमिटर पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आईसकेको छ भने खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिएको छ । 

करिडोरको दोस्रो खण्ड अन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित (नयाँ बुटवल सबस्टेसन)सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने २३५ ओटा टावरमध्ये फलेवासमा पर्ने चारओटा टावरको निर्माण बाँकी रहेको छ ।

प्रसारण लाइन निर्माण असारभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना प्रमुख चन्दन घोषले जानकारी दिए ।

यो आयोजनाको पर्वतमा बाहेक अन्य ठाउँमा धमाधम काम भैरहेको छ । काममा अवरोध नभएको भए यतिबेला आयोजना पूरा भइसकेको हुने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)