ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्लेट र जडीबुटीलाई बजार अभाव

२०७९ चैत, ९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । घर छाउने ढुंगा (स्लेट) र जडीबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको बेवास्ताले उक्त वस्तुबाट लाभ लिन पछि परेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँको डुडे लेकमा घर छाउने स्लेट र जडीबुटीको खानी नै भए पनि यसबाट स्थानीय र पालिकाले पर्याप्त लाभ लिन सकेका छैनन् ।

गाउँको सिरानमा रहेको भिरालो पाखोमा स्तरीय स्लेटको खानी छ । सो खानीलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने हो भने स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत मनग्गे आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले बताए । ‘यहाँको स्लेट गुणस्तरका हिसाबले उत्कृष्ट छ, प्रविधि र प्रशोधनको व्यवस्था हुन सक्ने हो भने अन्तरराष्ट्रिय बजारमा समेत यसको बजार विस्तार गर्न सकिने सम्भावना छ, तर सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन,’ रोकाले भने ।

रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी छन् । त्यसबाहेक व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेको स्थानीय जगबहादुर पुन बताउँछन् । सरकारी पाखोमा रहेका खानीबाट वडालाई केही आम्दानी हुने गरेको भए पनि ती खानीलाई व्यवस्थापन गर्न नसक्दा ठूलो राजस्व गुमेको उनको भनाइ छ ।

रुम स्लेट र जडीबुटीका लागि महत्त्वपूर्ण ठाउँ भएको मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोका बताउँछन् । यहाँ रहेका सम्पदाको पहिचान र व्यवस्थापन गरी तिनीहरूलाई स्थानीय तहको आयसँग जोड्ने प्रयास हुनुपर्नेमा उनको जोड छ ।

केही वर्ष अघिसम्म म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँची लगायत जिल्लाका विभिन्न गाउँबाट यहाँका स्लेटको माग आउने गर्दथ्यो । तर हिजोआज पक्की घर निर्माण गर्ने क्रम बढ्दै गएपछि म्याग्दीबाहेक अन्य जिल्लाबाट माग आउन छाडेको विगत ४० वर्षदेखि खानीबाट स्लेट निकाल्दै आएका ७२ वर्षीय छेमबहादुर विकले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)