ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वदेशमै केही गरौं भनेर प्याड उद्योग खोलेका ३ दर्जन उद्योगीको उठीबास, ८ महीनामा ५७ करोडको आयात

५७ करोडको आयात हुँदा ५ करोडको मात्र निर्यात 

२०७९ चैत, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालले चालू आर्थिक वर्षको साउनदेखि फाल्गुनसम्म ५ करोड ७० लाख ५५ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ९८ हजार ४४४ पिस स्यानिटरी प्याड निर्यात गरेको छ । सोही अवधिमा नेपालले विदेशबाट भने ५७ करोड ५६ लाख ९७ हजार रुपैयाँ बराबरको ६ करोड २९ लाख ६२ हजार ६३१ पिस स्यानिटरी प्याड आयात गरेको भन्सार विभागको तथ्याङ्क छ ।

८ महीनाको तथ्याङ्क हेर्दा पनि निर्यातको तुलनामा आयात ११ गुणा बढी छ । अर्को तर्फ नेपालको प्याड प्रति पिस २ रुपैयाँ ७० पैसाका दरले निर्यात भएको छ भने आयातित प्याड प्रतिपिस ९ रुपैयाँ १५ पैसा परेको छ ।

स्यानिटरी प्याड उत्पादकहरू विदेशबाट आयात हुने सस्तो प्याडका कारण आफ्नो व्यवासाय नै धरासायी भएको बताउने गरेका छन । 

नेपालले अस्ट्रेलिया, बंगलादेश, चीन,भारत, कोरिया, ताइवान, संयुक्त अरब इमिरेट्स, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका लगायतका देशहरुबाट प्याड आयात गर्ने गरेको छ भने निर्याततर्फ बङ्गलादेश र भारतमा मात्रै नेपाली प्याड जान्छ ।

लाइफकेयर स्यानिटरी एन्ड न्यापकिन्स उद्योगका सञ्चालक लोकनाथ लम्साल बजारमा पाइने सस्तो विदेशी प्याडका कारण आफ्नो उद्योग नै डुबेको बताउछन् । ‘हामीले उत्पादन गर्ने प्याड बजारमा उपलब्ध भएका आयातीत प्याड भन्दा राम्रो छ । तर विदेशी प्याड सस्तो हुनुका साथै बजारको ठूलो हिस्सा विदेशी प्याडको भएको कारण हामीले उत्पादन गर्ने प्याडलाई बजार पाउन नै मुस्किल छ’, उनले भने । 

नेपाली उत्पादकहरूले प्याड उत्पादनको लागि लाखौं मूल्यको मेसिन राख्नुका साथै भारत र चीनबाट कच्चा पदार्थ आयात गर्नु परेकाले विदेशी प्याडको तुलनामा नेपाली प्याड महङ्गो भएको उनले बताए । 

आज भन्दा ५/६ वर्ष अघी नेपालमा नै केही गर्ने सोच बनाएर प्याड उद्योग खोलेका उनलाई अहिले उक्त उद्योगका कारण नै ७ करोड रुपैयाँभन्दा बढी ऋणले थिचेको छ । ‘पौने १ करोड रुपैयाँ हालेर किनेको प्याड बनाउने मेसिन कबाडीमा १ लाख रुपैयाँमा नै बेच्नु परेको उनले बताए ।

अहिले गोदाममा कच्चापदार्थ सहित डेढ करोड रुपैयाँको सामान थन्किएको छ । अब जग्गा बेचर ऋण तिर्न बाहेक अन्य उपाय छैन । जग्गा पनि अहिले भनेको बेलामा विक्री नहुने अवस्था छ । स्यानिटरी प्याडका कारण मेरो व्यवसाय मात्र नभएर म आफैं पनि चुर्लुम्मै डुबेको छु’ , उनले आर्थिक अभियानसँग भने ।

नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारी नेपाली प्याड उत्पादकहरूले गुणस्तरिय प्याड उत्पादन गरेता पनि वर्षोदेखि बजार कब्जा गरेका विदेशी कम्पनीका कारण नेपाली उद्योगहरूलाई प्रतिस्पर्धा गर्न नै कठिन भएको बताउछन् । 'अहिले सबै उद्योगको अवस्था दयनीय छ । धेरैजसो त बन्द हुने अवस्थामै पुगीसके ।' उनले भने ।

नेपालमा अहिले ३५ ओटा प्याड उद्योगहरू संञ्चालनमा छन् । ती उद्योगहरूले नेपालको कुल प्याडको माग भन्दा ४० प्रतिशत बढी उत्पादन गर्ने क्षमता छ । अर्थात हाम्रो विदेशमा पनि लाखौ रूपैयाँ बराबरको प्याड निर्यात गर्ने क्षमता रहेको उनले बताए । 

तर नेपाली प्याडको तुलनामा विदेशी प्याडहरू पनि सस्तोमा पाइने भएकाले नेपालमा अधिकांशले विदेशी प्याड नै रूचाउने गरेको उनको बुझाइ छ । 

'अहिले हामीले कच्चा पदार्थको भन्सार महसुल १ प्रतिशत तिर्दे आएका छौ । तर विदेशी आयातित प्याडको भन्सार १.५ प्रतिशत छ । स्वदेशी उत्पादकलाई बचाउने हो भने आयातित प्याडको भन्सार पहिले कै अर्थात १५ प्रतिशत कायम गर्नुपर्छ' उनले भने ।

नेपालमा बनेको प्याड भारत बंगलादेश लगायतका मुलुकमा निर्यात हुन्छ । त्याहाँ हाम्रो उतेपादनलाई राम्रो मान्छन् । तर, नेपालमा भने स्वदेशी उत्पादनलाई हेर्ने दृष्टीकोण नै नेगेटिभ रहेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)