ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकलाई ८४ व्यञ्जन खाना खुवाउँदै सिएमटी रिसोर्ट, के-के आइटम हुन्छन् ? कति पर्छ मूल्य ?

२०७९ चैत, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर स्थित चितवन मिडटाउन  (सिएमटी) रिसोर्टले पर्यटकलाई ८४ व्यञ्जन (खाना) को सेवा शुरु गरेको छ ।

नेपाली मौलिक खानाको प्रर्वद्धन गर्न र सुस्ताएको पर्यटनलाई गति दिन उक्त सेवा शुरु गरिएको रिसोर्टले जानकारी दिएको छ । सोमवार सांँझ रिसोर्टले पत्रकार सम्मेलन गरी हरेक सोमवार उक्त सेवा दिन थालिएको जानकारी दिएको हो । 

सो अवसरमा बोल्दै रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले सुस्ताएको पर्यटनलाई उकास्न र नेपाली मौलिक खानाको स्वाद दिने उद्धेश्यले यो सेवा शुरु गरेको बताए ।

‘यो रिसोर्ट सीटी होटल हो यहांँ सबै वर्ग तहका आन्तरिक तथा बाह्य पर्यटकले सेवा लिन सक्नेछन , उनले भने, यो नाफा कमाउने भन्दा पनि सेवा दिने उद्देश्यले शुरू गरिएको हो ।’

विदेशी खानाले प्रश्रय पाइरहेको समयमा नेपाली मौलीक खानाको अर्गानिक स्वाद दिने उद्देश्यसहित सेवा शुरु गरिएको उनको भनाई छ ।

चौरासी व्यञ्जनमा ग्राहकले ८४ प्रकारका खानाको स्वाद लिन सक्नेछन । ८४ व्यञ्जनमा शाकाहारी र मांसाहारी खाना सहित स्न्याक्स, सुप, मिठाई लगायतका परिकार समावेश गरिएको छ । यस सेवालाई आकर्षक बनाउन न्यूनतम मूल्य लागू गरिएको उनले बताए । 

जसअनुसार सिंगल ग्राहकलाई यो व्यञ्जनको लागि १ हजार ३०० रुपैंया र जोडीको लागि २ हजार ५०० रुपैयाँ मूल्य कायम गरिएको छ । बच्चाबच्चीलाई  भने ९९९ रुपैंयाँमै ८४ व्यञ्जन खाना खुवाइने छ । 

नेपाली मौलिक स्वाद पारखी र परिवारलाई पनि लक्षित गरी यो सेवा शुरु गरिएको प्रबन्ध निर्देशक मदन घिमिरेले बताए ।  ‘समय र ग्राहकको माग अनुसार हामीले यो सेवा शुरु गरेका छौं, घिमिरेले भने, आगामी दिनमा ग्राहकको चाहना बमोजिम अन्य सेवा पनि शुरु गर्दै जानेछौं ।’

अहिले आर्थिक मन्दीबाट सबै प्रताडित छन , उनले भने, यसले केही राहत र सन्तुष्टी दिन्छ भन्ने हाम्रो अपेक्षा छ । भविष्यमा व्यञ्जनको साथमा सांगितिक कार्यक्रमलाई पनि जोड्दै लगिने उनको भनाइ छ । 

रिसोर्टमा २ हजार ५०० सिट क्षमताको इभेन्ट हल, र अन्य साना तीन ओटा हल रहेका छन् । एकै पटक १०० जनालाई भोजन गराउन सकिने भोजनालय, बार कफिशप , स्वीमिङ्ग पुल, वाल ग्यासकेट, यथेष्ट सहित वाटर फाउण्टेनको व्यवस्था रहेको छ । चितवनमै पहिलो पटक युरोपियन प्रविधिको किचन र वातावरणमैत्री बिजुली र वाफबाट खाना पाक्ने प्रविधि प्रयोग गरिएको छ । 

राजमार्ग र भरतपुर शहरलाई लक्षित गरी विभिन्न पार्टी, सेमिनार, सभा, अधिवेशनलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएको घिमिरेको  भनाइ छ । रिसोर्टमा आधुनिक सुविधा सम्पन्न ४२ ओटा रुम रहेका छन् । रिसोर्टको प्रत्येक तल्लामा २० जना क्षमताको मिटिङ हल रहेको छ । 

एक बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टलाई चितवन हल, मीडहल र टाउनहल गरी तीनभागमा वर्गीकृत गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)