ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुकुटेका सञ्चालकले गैडाकोटमा खोले 'नारायणी बीच रिसोर्ट', 'मुग्लिनदेखि नारायणघाटसम्मै जलयात्रा'

२०७९ चैत, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । गैंडाकोटस्थित नारायणी नदी किनारमा १४ करोड लगानीमा रिसोर्ट सञ्चालनमा आएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ५ कुसुमघाट स्थित नारायणी नदी किनारमा नारायणी बीच (Beach) एड्भेञ्चर (Adventure) रिसोर्ट प्रालि सञ्चालनमा आएको हो ।

मंगलवार एक समारोहबीच रिसोर्टको औपचारिक रुपमा उद्घाटन भएको छ । पर्यटकलाई जलपर्यटनको (Water Tourism) गतिविधि र खेललाई आकर्षण र प्रर्वद्धन गर्ने उद्धेश्यसहित रिसोर्ट सञ्चालनमा ल्याईएको हो । सिन्धुपाल्चोकको सुकुटे बीच रिसोर्ट, गोर्खाको गोर्खा बीच रिसोर्ट पछि गैंडाकोटमा यो रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक महेन्द्रसिंह थापाले बताए । 

‘नेपालमा जलपर्यटनको उत्तिकै संभावना छ, यसलाई साहसिक खेल र मनोरञ्जन दुबै दिन सकिन्छ ।’ थापाले भने । पछिल्लो समय जल गतिविधिमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएकोले आफूले गैंडाकोटमा रिसोर्ट सञ्चालनमा ल्याएको उनको भनाइ छ ।  रिसोर्ट ६ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । यहांँ २१ ओटा डिलक्स रुम, दुईओटा स्वीमिङ्ग पुल, स्नुकर पुल लगायत संरचना छन । 

पर्यटकलाई अग्र्यानिक स्वादको साथमा नारायणी तथा निकुञ्जको दृश्यावलोकन गर्न पनि रिसोर्टको अवधारणा ल्याइएको थापाले बताए । १४ करोड लगानी भइसकेको यो रिसोर्टमा थप ६ करोड लगानी गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । ‘मैले रिसोर्टको संरचनाको सबै काम सकें अब वाटर एक्टीभिटीजमा आक्रामक रुपले लाग्छु ।’ थापाले भने । हाल रिसोर्टमा साना र ठूला क्षमताको गरी पांँचओटा मोटरबोट (Motorboat) संञ्चालनमा ल्याइएका छन । यो मोटरबोटबाट देवघाटसम्म पर्यटकहरुलाई घुमाउने गरिएको र भविष्यमा मुग्लिनसम्म जलयात्रा गरिने उनले बताए । जलपर्यटनमा पर्यटकलाई आकर्षण गर्न अत्यधुनिक प्रविधिको ‘जेटस्की’ ल्याउन लागिएको छ । 

‘दुईजना मात्र चढ्ने ‘जेटस्की’ ल्याउंँने तयारीमा छु' थापाले भने, यो जेटको भित्र इन्जिन हुन्छ बढी सुरक्षित पनि छ ।’ स्वदेशमै थाईल्याण्डको पटाया सिटी र इन्डोनेशियाको बालीको अनुभूत हुने गरी आफूले थप जल गतिविधिका प्रविधि भित्र्याउंँदै जाने उनले बताए । ‘नेपालीलाई स्वदेशमै विदेशको अनुभव पनि होस, देशको पैसा बाहिर पनि नजाओस भन्ने मेरो उद्धेश्य हो।’ थापा भन्छन ।

चितवनको सौराहा, मेघौली र देवघाट क्षेत्रमा घुम्न आउने पर्यटनले यस वरिपरि अन्य क्षेत्रमा पनि घुम्ने चाहना राख्ने भएकोले नारायणी किनारमा अवस्थित गैंडाकोट क्षेत्रको पर्यटनलाई विकास गर्न सकिने सम्भावना आफूले देखेको सञ्चालक थापाले बताए । चार दशक भन्दा अघि पर्यटन क्षेत्रमा होमिएका  थापा र्‍याफ्टिङ र ट्रेकिङको अनुभवबाट २०५२ सालबाट सुकुटे रिसोर्ट (Sukute Resort) सञ्चालनमा ल्याएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)